2 weeks ago
November 3, 2025
दिपक बोहोरा
विशाल घलानले खेलको सुरुवातमै गरेको गोल निर्णायक बनेपछि पाँचथर क्लब ए डिभिजन टोली संकटा क्लब हराउँदै दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको २ सेमिफाइनलमा पुगेको छ ।
पथरी रंगशालामा भएको क्वार्टरफाइनलमा पाँचथरलेलाई १-० ले हरायो । दोस्रो मिनेट पाँचथरका विशालले कप्तान रोशन आङ्देम्बेको पासमा उत्कृष्ट फिनिसिङ गरे । त्यहि गोल निर्णायक बन्यो।
गोलपछि पाँचथरले खेलमा पकड जमाएपनि थप गोल गर्न सकेन। संकटाले बराबरी गोल फर्काउने प्रयास गरे पनि पाँचथरको सशक्त रक्षात्मक पंक्तिले सफल हुन दिएन ।
साविक उपविजेता संकटा यसपटक गोल गर्न असफल रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । दोस्रो हाफमा दुई टोलीका खेलाडीबीचको झगडाका कारण केही समय खेल अवरुद्ध भएको थियो।
दुबै टोलीका समान ४ ले पहेँलो कार्ड पाए । पाँचथरका निरज कार्की, मौसम सुब्बा, आशिष चापागाई र दिनेश हेमजनले कार्ड । संकटाका मल्लिक, निङ्मा घिसिङ, सुजन चापागाई र सुजन मगरलाई रेफ्रीले कार्ड देखाए।
विशाल नै खेलको प्लेयर अफ द म्याच घोषित भए। उनले ५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा भोलि एनआरटी र र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ।
कात्तिक २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले ५ लाख र र दोस्रो टोलीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ ।
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]
November 14, 2025
एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]