1 week ago
November 4, 2025
हिमाल खरेल/ दिपक बोहोरा , बिर्तामोड
एपिएफ फुटबल झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै एपिएफ अन्तिम चारमा पुगेको हो। एपिएफका लागि रश्मि कुमारी घिसिङले ह्याट्रिक गरिन्।
खेलको सुरुवातीदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा केन्द्रित एपिएफले २९औं मिनेटमा सविता राना मगरको गोलमार्फत अग्रता लियो। त्यसपछि ३८औं मिनेटमा अनिता बस्नेतले सरु लिम्बुले हेडर मिस गरेपछि बललाई फिनिस गर्दै दोस्रो गोल थपिन्।
पहिलो हाफको इन्ज्युरी समयमा एपिएफले लगातार दुई गोल थप्दै खेललाई आफ्नो पकडमा ल्यायो। ४१औं मिनेटमा रश्मिले गोल गरिन् भने त्यसपछि इन्ज्युरी समयमा अनिताले व्यक्तिगत दोस्रो गोल गरिन्। त्योसँगै पहिलो हाफ एपिएफले ५-० को अग्रता बनाएको थियो।
दोस्रो हाफमा पनि एपिएफको आक्रमण रोकिएन। ७१औं मिनेटमा सविता क्रसमा अनिता केसीले गोल गर्दै अन्तर बढाइन्।
८४औं मिनेटमा अनिता केसीको पासमा रश्मिले गोल गर्दै ह्याट्रिक पूर्ण गरिन् र टोलीको सहज जित निश्चित भयो।
सिंग्लिङ स्पोर्टिङ क्लबका सुक्रिया मगरले २१औं मिनेटमा गरेको प्रहार एपिएफकी गोलरक्षक अन्जना रानाले नियन्त्रण गरिन् भने ८०औं मिनेटमा वान–भर्सेस–वानको अवसर पनि सुक्रियाले गुमाइन्।
एपिएफका प्रशिक्षक जिवेश पाण्डेले टोलीले योजनाअनुसार खेल खेलेको बताए। ‘खेलाडीले सुरुदेखि अन्त्यसम्म सन्तुलित प्रदर्शन गरे, र योजनाअनुसारको फुटबल देखाए,’ उनले भने।
सिक्किमकी प्रशिक्षक लाकु फुर्वि भुटियाले भने हारलाई सिकाइको अवसरका रूपमा लिइन्। ‘हाम्रो टोली युवा छ, आगामी खेलहरूमा सुधार गरेर फर्किनेछौँ,’ उनले प्रतिक्रिया दिइन्।
खेलकी ‘प्लेयर अफ द म्याच’ रश्मि घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्।
भोलि हुने दोस्रो क्वार्टरफाइनलमा संकटा क्लब काठमाडौं र झापा–११ एफसीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच आज ढाकामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।पछिल्लो ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन। त्यो निराशाजनक नतिजालाई उल्टाउँदै जितको खोजीमा नेपाली टोली रहनेछ। नेपालले गत मार्चमा सिंगापुरलाई १-० ले हराएपछि ४ खेलमा हार र २ खेलमा […]