1 week ago
November 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जेन जी फ्रन्टले
अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको राजीनामा मागेको छ।
एन्फा र केही क्लबहरूबीच यो वर्ष राष्ट्रिय लिग गर्ने र अर्को वर्ष मात्र ‘ए’ डिभिजन लिग आयोजना गर्ने सहमति भएको खबरप्रति फ्रन्टले गम्भीर ध्यानाकर्षण भएको छ जनाएको छ ।
‘यो नेपाली फुटबलको भविष्यमाथि गरिएको खुला हमला र एन्फाको अधोगति हो भन्ने हाम्रो बुझाइ छ । यो घटना पदीय दायित्व पूरा गर्न नसक्ने एन्फा नेतृत्वले पदको दुरुपयोग गर्दै समग्र फुटबल माथि गरेको भ्रष्टचार हो ,’ फ्रन्टले मंगलवार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा अगाडि भनिएको छ,नेपालको फुटबल लिग संरचना ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनको एक चक्रमा आधारित छ । यी लिगहरू नेपाली फुटबलका मेरुदण्ड हुन् । यी लिग खेलाडीका सपना हुन् र फुटबलप्रेमी नेपाली दर्शकको आत्मा हो । तर यसलाई वर्षोंसम्म रोक्ने एन्फाको यो निर्णयले हामी नेपाल जेन-जी फ्रन्ट सहित सम्पूर्ण खेलकुदप्रेमी नेपालीलाई स्तब्ध बनाएको छ ।’
‘नेपाली फुटबललाई निरन्तर खोक्रो पार्ने र खेलाडीको भविष्यमाथि खेलवाड गर्ने, समयमै लिग आयोजना गर्न नसक्ने, खेलाडीलाई अवसरबाट वञ्चित गर्ने र नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा कमजोर बनाउने एन्फा नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुहुन अनुरोध गर्दछौं,’ फ्रन्टले माग गरेको छ।
फ्रन्टले एन्फाको फुटबल विरोधी निर्णयकाविरुद्ध आवाज बुलन्द गर्न पनि आव्हान गरेको छ । ‘ हामी समस्त नेपाली फुटबल समर्थकलाई आह्वान गर्दछौंः अब चुप लागेर बस्ने समय छैन । एन्फाको यो फुटबल विरोधी निर्णय विरुद्ध आवाज बुलन्द गरौं । नेपाली फुटबल बचाउन एकजुट होऔं । हामी सधैं खेल र खेलाडीको पक्षमा छौं, रहनेछौं, ‘ विज्ञप्तिमा भनिएको छ।
एन्फा र ए डिभिजनका १४ क्लबका प्रतिनिधिले एन्फा साधारण सभाको यहि पुस ९ गते ए डिभिजन लिग गर्ने भने निणर्यलाई कुल्चेर राष्ट्रिय लिग गर्ने निर्णय गरेको थियो।
२०८० सालमा भएको ए डिभिजन लिगको शीर्ष ६ टोली र प्रेसिडेन्ट कपबाट छनोट भएका ४ गरि १० टोलीबिच विना रेलिगेसनको राष्ट्रिय लिग हुने बताइएको छ। सोही बैठकले ए डिभिजन लिग अर्को वर्ष पुसमा आयोजना गर्ने निर्णय समेत गरेको थियो।
पछिल्लो पटक ए डिभिजन लिग सकिएको आज ८ सय ७७ दिन पूरा भएको छ। अहिले निणर्य कार्यान्वयन हुने हो भने झन्डै १ हजार ३ सय दिन ए डिभिजन लिग हुनेछैन।
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]
November 14, 2025
एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]