1 week ago
November 5, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बायर्न म्युनिखले १० खेलाडीमा सीमित हुँदै पनि साविक विजेता पेरिस सेन्ट जर्मेन ( पिएसजी) लाई २-१ ले हराएको छ।
बायर्नका लागि दुबै गोल लुइस डियाजले गोल गरे । डियाजले चौथो मिनेटमा गोल गर्दै बायर्नका लागि अग्रता दिलाए। त्यसपछि ३० औं मिनेटमा कमजोर डिफेन्सको फाइदा उठाउँदै उनले दोस्रो गोल थपे।
तर पहिलो हाफको अन्त्यतिर उनले पिएसजीका हाकिमीमाथि खतरनाक ट्याकल गरेपछि रातो कार्ड पाए । हाकिमी घाइते हुँदै आँसुमा मैदान छाड्न बाध्य भए।
जोआओ नेभेसले पिएसजीका लागि ७४ औं मिनेटमा गोल फर्काए। तर दोस्रो हाफभरि १० खेलाडीमा सीमित बायर्नले अग्रता जोगाएर जित पक्का गर्यो।
यो सिजन बायर्नले सबै प्रतियोगितामा लगातार १६ खेल जितेको छ। टोली च्याम्पियन्स लिगका चारै खेल जित्दै समूह चरणमा १२ अंक जोडेको छ।
बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पानीले भने, ‘अहिले नै विजेता तय हुँदैन, तर अर्को चरणमा पुग्न यो जित धेरै महत्वपूर्ण छ।’
पिएसजीका लागि भने चोटको समस्या बढ्दै गएको छ। हाकिमीको चोट गम्भीर देखिएको छ, र उनी आगामी महिना मोरक्कोमा हुने अफ्रिका कप अफ नेसन्समा खेल्ने कि नखेल्ने अनिश्चित छ। बालोन डिओर विजेता उस्मान डेम्बेले पनि ह्यामस्ट्रिङको समस्याका कारण पहिलो हाफमै मैदान छाड्न बाध्य भए।
प्रशिक्षक लुइस एन्रिकेले भने, ‘हामी खेलाडीहरूको शारीरिक स्थिति सुधार्न प्रयास गरिरहेका छौं, तर धेरै खेलहरूका कारण यो सजिलो छैन।’
च्याम्पियन्स लिगमा मंगलवार नतिजा र अंक तालिकामा शीर्ष १५ टोली
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]