default_image

6 days ago

November 5, 2025

झापा महिला गोल्डकप – घरेलु टोली र संकटा भिड्दै

526 views

0 Bookmark

हिमाल खरेल/दिपक बोहोरा,झापा

झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको तेस्रो क्वार्टरफाइनल खेलमा घरेलु टोली झापा एफसी र काठमाडौंको संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। खेल दिउँसो २ बजेबाट सुरु हुनेछ।

दुवै टोलीले सेमिफाइनल प्रवेशका लागि उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारी गरेका छन्। झापा एफसी आज घरेलु मैदानमा र आफ्नै समर्थकको उपस्थितिमा खेल्दैछ, जसले टोलीमा थप ऊर्जा र आत्मविश्वास भर्ने अपेक्षा गरिएको छ। स्थानीय दर्शकहरूको उत्साहले घरेलु टोलीलाई जितका लागि थप प्रेरणा दिने विश्वास गरिएको छ।

यसअघि सम्पन्न छनोट प्रतियोगिता दुवै टोलीले एन्फा महिला लिगका लागि आफ्नो स्थान सुरक्षित गरेका थिए।

संकटामा नेपाल यु २० राष्ट्रिय टोलीका खेलाडीहको बाहुल्यता छ। साथै, टोलीमा भुटानकी राष्ट्रिय खेलाडी छिरिङ याङ्देनको सहभागिताले आक्रमण पंक्तिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

त्यस्तै, झापा एफसीले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ। पछिल्लो पटक सातदोबाटोस्थित एन्फा

कम्प्लेक्समा सम्पन्न महिला लिग छनोट खेलमा संकटाले झापालाई ४–० ले पराजित गरेको थियो। त्यस खेलको ‘रिभेन्ज’ लिन झापा आज मैदानमा बदला लिने लक्ष्यसहित उत्रिँदैछ भने संकटा दोस्रो भेटमै पुनः जित निकाल्ने उद्देश्यमा छ।

दर्शकका लागि टिकट दर सामान्यतर्फ १ सत र २ सय तथा भिआइपीतर्फ १ हजार रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ।

यसअघि विभागीय टोली एपिएफ फुटबल क्लबले भारतको सिक्किम सिङ्लिङ स्पोर्टिङ क्लबलाई ७–० ले हराउँदै सेमिफाइनल पुगेको थियो । नेपाल पुलिस क्लब पनि सेमिफाइनल पुगिसकेको छ।

प्रतियोगिताको फाइनलकात्तिक २४ गते हुनेछ।‌विजेता टोलीले १० लाख १० हजार र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार , उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले समान २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
हरेक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँ रुपैयाँ र ट्रफी प्रदान गरिनेछ।

November 10, 2025

मिना झापा गोल्डकपकी सर्वोत्कृष्ट

दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी‌ मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]

November 10, 2025

मिनाको गोलमा पुलिस झापा गोल्डकप च्याम्पियन

दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]

November 10, 2025

नव जागृतीको पहिलो र काक्रेविहारको दोस्रो जित

रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]

Success

Thank you for your time.