default_image

1 week ago

November 5, 2025

झापालाई हराउँदै संकटा सेमिफाइनलमा

990 views

0 Bookmark

हिमाल खरेल /दिपक बोहोरा, झापा

संकटा क्लब झापाको शिवसताक्षीस्थित दूधेखेल मैदानमा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

आज भएको तेस्रो क्वार्टरफाइनलमा संकटाले घरेलु टोली झापा एफसीलाई ६-० ले हराउँदै अन्तिम चारमा पुगेको हो।
सुरुवातदेखि नै संकटा आक्रामक खेलमा देखियो।

१३औं मिनेटमा राष्ट्रिय यु–२० खेलाडी सुक्रिया मियाको प्रहारलाई झापाकी गोलकिपर सुजता तामाङले सजिलै नियन्त्रणमा लिइन्।

त्यसपछि १५औं मिनेटमा अनिषा राईको २५ यार्ड दूरीको फ्रिकिक र २३औं मिनेटमा समिक्षा मगरको लङ रेन्ज सट समेत सुजताले रोक्दै टोलीलाई जोगाइन्।

तर निरन्तर दबाब बनाइरहेको संकटा २३औं मिनेटमा अग्रता लिन सफल भयो। राष्ट्रिय खेलाडी पूर्णिमा राईको सटिक क्रसमा सेनु परियारले उत्कृष्ट फिनिसिङ गर्दै पहिलो गोल गरिन्।

३०औं मिनेटमा कप्तान एसोधा शाहीको फ्रिकिक लक्ष्यमा परिणत हुन सकेन । तर पहिलो हाफको इन्जुरी समयमा सुनिता भ्लोनको पासमा समिक्षा मगरले गोल गर्दै संकटाको अग्रता २-० बनाइन्।

दोस्रो हाफमा संकटा झन् प्रभावशाली रह्यो। ५५औं मिनेटमा भुटानकी व खेलाडी छिरिङ वांग्देनले पुर्णिमा राईको ब्याकहिल पासमा गोल गर्दै अग्रता ३-० मा पुर्‍याइन्।

त्यसपछि ६१औं मिनेटमा पूर्णिमाले यु-२० सहकर्मी सेनु परियारको पासमा गोल गर्दै अन्तर ४-० बनाइन्। ८३औं मिनेटमा रेनिसा शर्माको लङ रन क्रसमा उनले अर्को गोल थपिन्।

खेलको अन्तिम मिनेटमा परिवर्तित खेलाडी अरुणा स्याङत्याङले मैदान प्रवेश गरेको केही मिनेटमै गोल गर्दै संकटाको जितलाई ६-० मा पक्का गरिन्। पूर्णिमा राई ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्।

खेलपछि झापा एफसीका प्रशिक्षक सन्देश श्रेष्ठले तयारीको अभावका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको बताए।

संकटा क्लबका प्रशिक्षक रविन्द्र शिलाकारले टोलीले रणनीतिअनुसार खेल्दै सहज जित निकाल्न सफल भएको प्रतिक्रिया दिए।

प्रतियोगिताको फाइनल कात्तिक २४ गते हुनेछ। विजेताले रु १० लाख १० हजार र दोस्रो टोलीले ५ लाख पाउने छन्।

सर्वोत्कृष्ट खेलाडीलाई रु १ लाख ५० हजार, र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्तालाई जनही रु २५ हजार प्रदान गरिनेछ।

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

November 14, 2025

फ्रान्स विश्वकपमा छनोट

एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्‍यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]

November 13, 2025

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]

Success

Thank you for your time.