default_image

5 days ago

November 5, 2025

एन्फा प्रेसिडेन्ट लिग – चित्लाङको विजयी सुरुवात

539 views

0 Bookmark

रविन्द्र वाईबा, हेटौंडा

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग सुरु भएको छ।

हेटौंडा-६ स्थित गौरीटार रंगशालामा बुधवार सुरु प्रतियोगितामा चित्लाङ फुटबल क्लब (काठमाडौं) ले विजयी सुरुवात गरेको छ।

प्रतियोगिताको उद्घाटन खेलमा चित्लाङले देउराली युथ क्लब (देउराली) लाई ४-१ गोलले हराएको हो।

चित्लाङका लागि चन्दन कुमार दासले ३२ औं, लाहान सुब्बाले ४७ औं, विज्ञान खड्काले ४८ औं र मदन स्याङ्तनले ८८ औं मिनेटमा गोल गरे भने देउरालीका लागि रामचन्द्र वाजीले दोस्रो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा एक गोल फर्काए। प्लेयर अफ द म्याच चित्लाङका जय गुरुङ घोषित भए। उनले ५ हजार रुपैयाँ प्राप्त गरे।

यस्तै दोस्रो खेलमा विजय स्पोर्ट्स क्लब (कैलाली) र लालीगुराँस एसोसिएसन क्लब (कास्की) ले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। प्लेयर अफ दि म्याच लालीगुराँसका सुरज जंग ठकुरी घोषित भए। उनले ५ हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगितामा गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृती युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), काक्रेविहार युथ क्लब (सुर्खेत), नवजनजागृती (बारा), विजय स्पोर्ट्स क्लब (कैलाली), चित्लाङ फुटबल क्लब(काठमाडौं), हैरान्स क्लब (तनहुँ), टाइगर्स टिम टिकाताथल (दोलखा) र लालीगुराँस एसोसिएसन क्लब कास्की सहभागी छन् ।

प्रतियोगिता लिग कम नकआउट आधारमा सञ्चालन भइरहेको छ। प्रतियोगिता आगामी मंसिर २ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

November 10, 2025

मिना झापा गोल्डकपकी सर्वोत्कृष्ट

दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी‌ मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]

November 10, 2025

मिनाको गोलमा पुलिस झापा गोल्डकप च्याम्पियन

दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]

November 10, 2025

नव जागृतीको पहिलो र काक्रेविहारको दोस्रो जित

रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]

Success

Thank you for your time.