default_image

1 month ago

November 6, 2025

फोडनको २ गोलमा म्यानचेस्टर सिटीको जित

328 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीले बुधवर राति भएको च्याम्पियन्स लिगमा बोरुसिया डर्टमुण्डलाई ४-१ ले पराजित गरेको छ ।

योससँगै डर्टमुण्डको अपराजित यात्रा समाप्त भएको छ।
सिटीका लागि फिल फोडनले २, एर्लिङ हालान्ड र रायन चर्कीले समान १ गोल गरे। डर्टमुण्डका लागि वाल्डेमार एन्टनले सान्त्वना गोल गरे।

फोडनले खेलको २२औं मिनेटमा तिजानी रेजेन्डर्सको पासमा पहिलो गोल गरे। त्यसपछि २९औं मिनेटमा हालान्डले जेरेमी डोकुको पासमा बक्सभित्रबाट प्रहार गर्दै सिटीलाई २-० को अग्रता दिलाए।

पहिलो हाफमा डर्टमुण्डका गोलकिपर ग्रेगर कोबेलले केही राम्रो बचाउ गरे पनि सिटीले दबाब बनाइरह्यो । ५७औं मिनेटमा फोडनले अर्को गोल गर्दै सिटीलाई ३–० को सहज अवस्थामा पुर्‍याए।

डर्टमुण्डले त्यसपछि केही आक्रामक खेल्दै ७५औं मिनेटमा वाल्डेमार एन्टनले गोल गर् गोलमार्फत एक गोल फर्कायो। इन्ज्युरी समयको पहिलो मिनेटमा चर्कीले गोल गर्दै सिटीको गोल अन्तरलाई ४-१ बनाए।

बुधवार च्याम्पियन्स लिगको नतिजा र अंक तालिका

 

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.