default_image

1 month ago

November 6, 2025

बार्सिलोनाको बराबरी

525 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले बुधबार राति बेल्जियममा भएको च्याम्पियन्स लिगको खेलमा क्लब ब्रुगसँग ३-३ को बराबरी खेलेको छ।

खेल सुरुदेखि अन्त्यसम्म नै रोमाञ्चक बनेको थियो। छैंठौं मिनेटमै घरेलु टोलीले अग्रता लियो। कार्लोस फोर्ब्सले अफसाइड ट्र्याप तोड्दै बल निकोलो ट्रेसोल्डीलाई पास गरे र उनले सहजै गोल गरे।

तर बार्सिलोनाले तुरुन्तै खेलमा फर्कियो । आठौं मिनेटमा फर्मिन लोपेजको पासमा फेरेन टोरेसले गोल गर्दै खेललाई १-१ बराबरीमा बनाए।

१७औं मिनेटमा ब्रुगेले पुनः अग्रता लियो। फोर्ब्सले काउन्टर आक्रमणमा उत्कृष्ट गोल गर्दै अग्रता २–१ बनाए।

पहिलो हाफमा बार्सिलोनाका जुल्स कुनडे र एरिक गार्सियाका प्रहार पोस्टमा ठोक्कियो । ६१औं मिनेटमा लामिन यामालले फर्मिन लोपेजको ब्याक–हिल पासमा बल लिएर दुई डिफेन्डरबीचबाट बाटो अघि बढाउँदै बराबरी गोल गरे।

तर त्यसको दुई मिनेटमै क्लब ब्रुगका फोर्ब्सले फेरि गोल गर्दै ३–२ को अग्रता दिलाए। केही समयपछि रेफ्रीले ब्रुगेसलाई पेनाल्टी दिएको निर्णय गरे पनि भिएआर समीक्षापछि त्यो निर्णय उल्टाइयो।

७७औं मिनेटमा बार्सिलोनाले फेरि गोल फर्कायो। यामालको क्रस ब्रगका क्रिस्टोस जोलिसको खुट्टामा ठोकिँदै आफ्नै पोस्टमा गयो र खेल ३–३ बराबरीमा सकियो।

इन्जुरी समयमा रोमियो भर्मान्टले क्लब ब्रुगका लागि गोल गर्दै टोलीलाई फेरि अग्रता दिलाए पनि भिएआर समीक्षापछि उनको गोल फाउलका कारण रद्द भयो। यो नतिजासँगै बार्सिलोना तालिकामा ११औं र ब्रुग २२औं स्थानमा छ।

अर्को खेलमा म्यानचेस्टर सिटीले बोरुसिया डर्टमुण्डलाई ४-१ ले  पराजित गरेको छ । योससँगै डर्टमुण्डको अपराजित यात्रा समाप्त भएको छ।

सिटीका लागि फिल फोडनले २,  एर्लिङ हालान्ड र रायन चर्कीले समान १ गोल गरे। डर्टमुण्डका लागि वाल्डेमार एन्टनले सान्त्वना गोल गरे।

च्याम्पियन्स लिगमा बुधवारको नतिजा र अंक तालिका

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.