default_image

1 month ago

November 6, 2025

विमला ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

934 views

0 Bookmark

दिपक बोहोरा/ हिमाल खरेल, दुधे (झापा)

त्रिभुवन आर्मी फुटबल क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

दुधे रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनलमा आरएस पोखरा एफसीलाई ६–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो। यो जितसँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छखेलको सुरुवाती मिनेटदेखि नै आर्मीले मैदानमा पूर्ण नियन्त्रण जमायो। बल पोजेसन, पासिङ र मुभमेन्टका हिसाबले पोखरा भन्दा निकै संगठित देखिएको आर्मीले पहिलो नै क्षणदेखि विपक्षीलाई दबाबमा राख्यो।

१०औं मिनेटमा फर्वार्ड विमला चौधरीले गोल गर्ने सुनौलो अवसर गुमाइन्। पोखराकी गोलकिपर गायत्री मल्ल बिट भइसकेकी थिइन्, तर उनको सट गोल पोष्ट बाहिरियो।

तर आर्मी गोल गर्न लामो समय कुर्नु परेन । १६औं मिनेटमा आर्मीले अग्रता बनायो। डिफेन्डर विमला बि.क.ले सेन्टर एरियाबाट लिएको फ्रीकिकमा जेनिफर राना मगरले सुन्दर हेडिङ गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाइन्। खेलको ताल त्यसपछि पूर्ण रूपमा आर्मीको पक्षमा गयो।

३३औं मिनेटमा विमला चौधरीले पोखराकी गोलकिपरको गल्तीको फाइदा उठाउँदै हेडर गोल गरिन्। असिस्टमा हिमा चौधरी थिइन्। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा राष्ट्रिय खेलाडी विमला बि.क.ले कर्नरमा आएको बललाई सानदार फिनिस गर्दै स्कोरलाइन ३–० मा पुर्याइन्।

दोस्रो हाफमा पनि खेलको नियन्त्रण आर्मीको हातमै रह्यो। पोखराले केही काउन्टर अट्याक बनाए पनि गोलकिपर कोपिला खड्काले सहजै नियन्त्रण गरिन्। ८५औं मिनेटमा विमला चौधरीले सन्जु कुमालको पासमा आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–० को अग्रता दिलाइन्।

खेलको अन्तिम चरणमा आर्मीको आक्रमण झनै तीव्र भयो। ९०औं मिनेटमा सर्मिला थापाले विमला बि.क.को क्रसमा गोल गर्दै स्कोरलाई ५–० बनाइन्। त्यसपछि इन्जुरी समयमा पुनः विमला चौधरीले अनिता लम्जेलको कर्नरमा हेडरमार्फत आफ्नो ह्याट्रिक पूरा गरिन् र टोलीलाई ६–० को सहज जित दिलाइन्।

खेलमा आर्मीको सामूहिक संयोजन, पासिङ, बल कन्ट्रोल र खेल पढ्ने क्षमताले पोखराको डिफेन्स लाइनलाई बारम्बार व्यस्त बनाएको थियो । पोखराको खेलमा लयको अभाव र पोजेसनमा अस्थिरता स्पष्ट देखियो।

विजेता टोलीका लागि विमला चौधरीले ह्याट्रिक, विमला बि.क., जेनिफर राना र सर्मिला थापाले समान एक–एक गोल गरे। खेलकी ‘प्लेयर अफ द म्याच’ विमला चौधरी घोषित भइन्। उनले १५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरिन्।

यो जितसँगै आर्मीले सेमिफाइनलमा अर्को विभागीय टोली एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनल खेल भोलि (कात्तिक २१ गते) संकटा क्लब काठमाडौं र विभागीय टोली नेपाल पुलिस क्लबबीच हुनेछ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ। विजेता टोलीले १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार, र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई समान २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। हरेक खेलको ‘प्लेयर अफ द म्याच’लाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिँदै आएको छ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.