default_image

1 month ago

November 6, 2025

एन्फा प्रेसिडेन्ट लिग: काक्रेविहार र टाइगर्सको जित

581 views

0 Bookmark

रबिन्द्र वाईबा, हेटौंडा

हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा बिहीवार काक्रेविहार युथ क्लब (सुर्खेत) र टाइगर्स टिम (दोलखा) ले जित निकालेका छन्।

पहिलो खेलमा काक्रेविहारले हैरान्स क्लब (तनहुँ) लाई ३-२ गोलले हराएको हो। काक्रेविहारका लागि सुजन बलाम्पकी मगरले ३२ औँ, अनिश चापागाईंले ४२ औं मिनेटमा र अनिश घर्ती क्षेत्रीले ६८ औं मिनेटमा गोल गरे।

हैरान्सका लागि समीराज थोकरले ५८ औं मिनेटमा र विश्व लामाले ८४ औं मिनेटमा गोल गरे। काक्रेविहारका रोहन कार्की प्लेयर अफ दि म्याच घोषित भए ।

अनिश श्रेष्ठको निर्णायक गोलमा टाइगर्सले गाईघाट फुटबल क्लब (उदयपुर) लाई २-१ गोलले हराएको छ।

टाइगर्सका लागि सुशन लामाले १२ औँ मिनेटमा गोल‌ गर्दै अग्रता दिलाए। गाईघाटका लागि युगन राईले २८ औं मिनेटमा बराबरी गोल फर्काए।

अनिशले ४३ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । टाइगर्सका सुशन घोषित प्लेयर अफ दि म्याच घोषित भए।

लिग कम नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगिता मंसिर २ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.