1 month ago
November 6, 2025
ललितपुर (हाम्रो खेलकुद)- सहिद ए डिभिजन लिग हुनु पर्ने मागसहित नेपाल फुटबल खेलाडी संघले आज सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय बाहिर शान्तिपूर्ण धर्ना प्रदर्शन गरेको छ।
संघले नेतृत्व गरेको सडक संघर्षको पहिलो कार्यक्रम धर्नामा राष्ट्रिय टोली खेलाडी, डिभिजन लिगका खेलाडी, राष्ट्रिय फुटबल टोली पूर्व कप्तान फुटबल र समर्थकको उपस्थिति रहेको थियो।
बिहान ११ बजे ब्यानर र माग सहितको एन्फाको गेटमा पुगेको समूहले एन्फाको प्राङ्गणमा धर्ना दिने र आफ्नो माग सुनाएर फर्कने कार्यक्रमा थियो। तर एन्फाको मुख्यद्वारमा नै खेलाडीहरूलाई रोकियो। सुरक्षाकर्मी तथा एन्फाले खटाएको सुरक्षा गार्डहरूले ढोका खोल्न नमिल्ने बताए।
फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले अनुरोध गरे, ‘हामी सबै खेलाडी हौं। हामी आफ्नो माग राखेर फर्कन्छौं। केवल १५/२० मिनेटको समय दिनुस् पहिलो गेट मात्र खोलिदिनुस दोस्रो गेटबाट हामी अगाडि बढ्दैनौं। तर सुरक्षाकर्मीहरूले हामीलाई गेट नखोल्ने निर्देशन आएको छ भनेर गेट खोल्न मानेनन्।
त्यसपछि पटक पटक राष्ट्रिय टोलीका खेलाडी रोहित चन्द अन्जन बिष्ट, एरिक बिष्ट, सनिश श्रेष्ठ, पूर्व कप्तान विराज महर्जन, विकेश कुथु, विशाल श्रेष्ठलगायतले पनि अनुनयविनय नै गरे। तर सुनुवाई भएन। करिब १५ मिनेटपछि एन्फा प्रवक्ता सुरेश शाह एन्फाको मुल गेटको भित्र देखिए। सबैले उनलाई बोलाए। तर उनी सुने नसुने जस्तैगरी एन्फा बिल्डिङ भित्र छिरे।
विकेशले त्यहाँ उपस्थित सुरक्षाकर्मीहरूलाई कसैले पनि अप्रिय काम नगर्ने जिम्मा लिने र अभद्र व्यवहार नगर्ने भित्र छिर्न निकै आग्रह गर्दा सुनुवाइ भएन। त्यसपछि उनले एन्फा भित्र रहेका पदाधिकारीहरूलाई बोलाइदिनुस हामी कुरा गर्छौ भने।
त्यसपछि सुरक्षामा खटिएककी सुरक्षाकर्मीले फोन गरेर एन्फा प्रवक्ता शाहलाई बोलाइदिए। खेलाडीले प्राङ्गणमा छिर्न प्रवक्ता शाहसँग पनि बारम्बार अनुरोध गरे। उनले एन्फा अध्यक्ष र महासचिवसँग समन्वय गरे। तर केहि खेलाडी भित्र आउनुहोस वार्ता गरौं। तर धर्नाको लागि गेट नखोल्ने भने।
करिब १ घण्टा २० मिनेट सम्मको अनुरोधलाई एन्फाले बेवास्ता गरेपछि खेलाडीले एन्फा गेट अगाडि सडकमा नै धर्ना प्रदर्शन गरे।
फुटबल खेलाडी संघका अध्यक्ष लामाले भने, ‘एन्फा प्रवेश खेलाडीको अधिकार हो। यो अधिकारबाट पनि बन्चित गरेकोमा एन्फालाई बधाई छ। यो सडक संघर्षको सुरूवात हो। हामी शान्तिपुर्ण आन्दोलनको पक्षमा छौं।’
उनले एन्फाले यस्तै व्यवहार गरेमा एन्फा कार्यालयभित्र छिर्ने क्षमता रहेको भन्दै चेतावनी दिए। उनले एक साताको समय एन्फालाई दिएका छन्।
उनले एक साता भित्र ए डिभिजन लिग तालिकामा एन्फाले सार्वजनिक गर्नुपर्ने यदि त्यसो नगरिए एक सातापछि सशक्त कार्यक्रम सहित अगाडि बढ्ने घोषणा गरे।
धर्नालाई सम्बोधन गर्दै विशालले भने,’ आज हामी खेलाडीको एन्फामा हामी आफै छिर्न पाएनौं भने हाम्रो लागि कोहि बोल्दैनन्। आफ्नो लागि आफै लड्नुपर्छ हाम्रो लागि फुटबल गरिदिन्छ भनेर नसोचेपनि हुँन्छ भन्दै १६ वर्षको फुटबल करियरमा ७/८ वटा लिग खेलेको छु। हामीले आज हाम्रो लागि मात्र होइन्, बी र सी डिभिजनका खेलाडीको लागि पनि यो संघर्ष गरेका हौं।’
राष्ट्रिय टोलीका स्ट्राइकर अन्जनले फुटबल खेल्न सुरु गर्दा यस्तो दिन आउँछ भनेर कल्पना सम्म नगरेको तर यो आजको दिन नेपाली फुटबलको लागि दुर्भाग्य भन्ने समय आएको बताए । उनले भने,’ अहिले म बंलादेशमा फुटबल खेलिरहेको छु। तर लिग नहुँदाको पिडाबाट म गुज्रेको छु। मेरो आफ्नै दाई र साथीहरू विदेश पलायन भएका छन् भन्दै लिग निरन्तर हुनुपर्छ।’
राष्ट्रिय टोली उपकप्तान रोहितले भने,’ हाम्रो माग फुटबल हुनुपर्छ र आउने पिडीको लागि हामीले केहि गर्नुपर्छ।”
यसरी आज खेलाडीहरूले आफ्नो माग सडकबाट राखेका छन्।
यस विषयमा एन्फाबाट कुनै पनि आधिकारिक धारणा आएको छैन । यो धर्ना कार्यक्रम हुँदा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ चितवन र महासचिव किरण राई हेटौंडामा रहेको प्रवक्ता शाहले जानकारी गराए।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]