default_image

1 month ago

November 7, 2025

झापा महिला गोल्डकप – विभागीय टोलीकै दबदबा

1271 views

0 Bookmark

दिपक बोहोरा/झापा

घरेलु महिला फुटबलमा विभागीय टोली टोली दबदबा रहँदै आएको छ। चाहे त्यो लिग होस वा नकआउट।

अधिकांश नकआउटको सेमिफाइनलमा पुग्ने ४ मध्ये ३ टोली विभागीय नै हुन्छन् । फाइनल त विभागीय टोलीबीच नै हुने निश्चित प्रायः नै हुन्छ।

गत वर्ष लिग सहित सबै नकआउटको उपाधि एपिएफ फुटबल क्लबले जितेको थियो। फाइनलमा पुग्ने अर्को टोली पनि विभागीय नै थियो। त्यसमध्ये कुनैमा नेपाल पुलिस क्लब र कुनैमा त्रिभुवन आर्मी फुटबल क्लबले फाइनल खेलेको थियो।

झापाको शिवसताक्षीस्थित दूधेखेल मैदानमा अहिले एलभिडी झापा महिला गोल्डकप फुटबल जारी छ। यहाँ पनि विभागीय टोलीकै दबदबा छ। पहिलो चरणमा एपिएफ, पुलिस आर्मीले एकतर्फी नतिजा निकालेर सेमिफाइनल पुगेका छन्।

सेमिफाइनल पुग्ने अर्को टोली संकटा क्लब छ। विभागीय टोलीको लगातार प्रशिक्षण रहने भएकाले अन्य क्लबले उनीहरुलाई चुनौती दिने सम्भावना कम छ।

त्यसैले महिला फुटबलमा मुख्यत विभागीय टोली बीच नै प्रतिस्पर्धा हुने हो । त्यसमा पनि अधिकांश राष्ट्रिय फुटबल टोली सदस्य रहेको एपिएफ बलियो छ ।

स्थानीय र अन्य क्लब टोलीले उत्साहका साथ प्रतिस्पर्धा गरे पनि विभागीय टोलीसँग तालमेल, रणनीति र खेलको अनुभवका कारण पछि परेका देखिन्छन्।

झापाका खेल पत्रकार रमेश समरदर्शीको भनाइमा विभागीय टोलीको बलियो प्रदर्शन केवल व्यक्तिगत क्षमताको कारण नभई संस्थागत संरचना र स्थायीत्वकै परिणाम हो।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.