default_image

1 month ago

November 7, 2025

फुटबल खेलाडीले सुरु गरेको विरोधमा खेलाडी संघको एकबद्धता

771 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का विरुद्ध गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एकबद्धता जनाएको छ।

खेल्न पाउनुपर्छ भन्ने माग सहित फुटबल खेलाडी संघले एन्फा विरुद्ध बिहीवार धर्ना प्रदर्शन गरेको थियो।

खेलाडी संघले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए डिभिजन लिग पछिल्लो पटक सम्पन्न भएको झन्डै अडाई वर्ष भइसक्दा अर्को संस्करण सुरु हुन नसक्नु दुर्भाग्य हो।’

‘ विगतमा हुने गरेका लिगलगायतका फुटबल प्रतियोगिता खेल्नका लागि क्लबमा आबद्ध हुँदा खेलाडीहरुको जीवन केही सहज भएको थियो। यति लामो समयदेखि यसरी ए डिभिजन लिग रोकिँदा एक सय भन्दा बढीले रोजगारीकै लागि देश बाहिरिनु परेको तथ्य हाम्रो सामू छ । कतिपय व्यवसायिक नभएका खेल खेलाडीले पनि धेरैले विदेशलाई आफ्नो गन्तव्य बनाएका छन्’ खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले जारी विज्ञप्तिमा भनिएको छ।

खेल्न पाउनु खेलाडीको अधिकार भएको उल्लेख गर्दै खेलाडी संघले अगाडि भनेको छ, ‘खेल आयोजना गर्नु सम्बन्धित संघको दायित्व हो। यसरी संघ दायित्वबाट च्युत हुँदा खेलाडीलगायत त्यो खेलसँग जोडिएकाहरु वेरोजगार भएका छन्।’

खेल आयोजनाका लागि आफ्नै संघ विरुद्ध उत्रनु पर्ने अवस्था सिर्जना हुनु लज्जाको विषय भएको उल्लेख गर्दै यसमा एन्फा नेतृत्वले गम्भीर भएर सोच्नु पर्ने र समस्या समाधानका लागि पहल गर्न आवश्यक रहेको जनाएको छ।’

खेलाडी संघले चाँडोभन्दा चाँडो समस्या समाधानका गर्दै फुटबल हुने वातावरण तयार पार्ने एन्फालाई आग्रह पनि गरेको छ।

अन्त्यमा फुटबल खेलाडीले आफ्नो हकका लागि चलाउने सबै खाले विरोधलगायतका कार्यक्रममा खेलाडी संघ साथ रहने पनि प्रष्ट गरेको छ।

एन्फा र १४ क्लबले यो पुसमा राष्ट्रिय लिग गर्ने र ए डिभिजन लिग अर्को वर्ष पुसमा मात्र आयोजना गर्ने संयुक्त निर्णय गरेका थिए।

फुटबल खेलाडी संघले एन्फाको साधारण सभाले यो वर्षको पुस ९ गते ए लिग गर्ने निर्णय गरेको त्यसै अनुसार गर्नुपर्ने मागसहित आन्दोलन सुरु गरेको छ। एक साता मा लिगको सुनिश्चितता नगरेमा त्यसपछि आन्दोलनलाई निरन्तरता दिने फुटबल खेलाडी संघले जनाएको छ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.