1 month ago
November 8, 2025
दिपक बोहोरा, झापा
एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज विभागीय डर्बी हुँदैछ ।
झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आज एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले एक अर्कोको सामना गर्नेछन् ।
खेल दिउँसो दिउँसो ३ बजे सुरु हुनेछ ।
आजको विजेताले फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ। संकटा क्लबलाई हिजो २-० ले हराउँदै पुलिस फाइनल पुगेको थियो।
एपिएफ घरेलु फुटबलको लिग र नकआउटको सदाबहार दाबेदार हो । एपिएफले गत वर्ष एन्फा लिग सहित सबै नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको थियो।
आर्मीले केही वर्षयता एपिएफलाई हराउन सकेको छैन।
क्वार्टरफाइनलमा एपिएफले भारतको सिक्किम सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७-० र आर्मीले आरएस पोखरालाई ६–० गोलले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए।
एपिएफका प्रशिक्षक जीवेश पाण्डेले भनेका छन्,’ हामीले लगातार आक्रामक खेल प्रदर्शन गर्दै आएका छौं। आर्मी बलियो टोली हो। तर हाम्रो टिमको गति, पासिङ र प्रेसिङ गेमले नियन्त्रण राख्न सक्छ।’
आर्मीका प्रशिक्षक चक्रबहादुर तामाङले भने, ‘एपीएफ सँगको खेल सधै चुनौतीपूर्ण हुन्छ। तर हाम्रो टिममा राम्रो संयोजन बनेको छ। खेलको गहिराइमा जान सक्ने अनुभव हामीसँग छ, त्यसैले फाइनल पुग्नेमा विश्वास छ। दुबै टोलीले जारी प्रतियोगितामा गोल खाएका छैनन्। अहिले सम्म गोल व्योहोरेका छैन्न ।
प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ। विजेता टोलीले १० लाख १० हजार रुपैयाँ र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार , उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
हरेक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिँदै आएको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]