default_image

1 month ago

November 8, 2025

एन्फा प्रेसिडेन्ट लिग – हैरान्सको पहिलो जित

584 views

0 Bookmark

रविन्द्र वाईबा, हेटौंडा

तनहुँको हैरान्स क्लबले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ।

हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा दोलखाको टाइगर्स टिमलाई ५-२ गोलले हराउँदै हैरान्सले लिगमा पहिलो जित हासिल गरेको हो।

हैरान्सका लागि रोशन दोङले खेलको २५ औं र ३२ औं मिनेटमा गोल गरे। यस्तै समिराज थोकरले ४८ औं, विश्व लामाले ४९ औं र अनिष महर्जनले ८८ औं मिनेटमा गोल गरे।

टाइगर्सका लागि विशेष लामाले ६२ औं र ६६ औं मिनेटमा गोल गरे। हैरान्सका रोशन दोङ प्लेयर अफ दि म्याच घोषित भए।

दोस्रो खेल खेलेको हैरान्स बिहीवार सुर्खेतको काक्रेविहार युथ क्लबसँग ३-२ गोलले पराजित भएको थियो।

लिगमा समान २ खेलमस टाइगर्सले पहिलो हार बेहोरेको हो। यसअघि बिहीवार नै भएको खेलमा टाइगर्सले उदयपुरको गाईघाट फुटबल क्लबलाई २-१ गोलले हराएको थियो।

आज पहिलो खेलमा सुर्खेतको काक्रेविहार युथ क्लब र बर्दियाको जन जागृती युवा क्लबले १-१ गोलको बराबरी खेलेका छन्।

कार्केविहारका लागि आशिष चापागाईंले खेलको ३८ औं र जागृतीका लागि राजन न्यौपानेले ४६ औं मिनेटमा गोल फर्काए। कार्केविहारका सरिन जिसी प्लेयर अफ दि म्याच
घोषित भए।

लिगमा समान २ खेलमा जागृतीले जित निकाल्न सकेको छैन। जागृती यसअघि शुक्रबार धनकुटाको देउराली युथ क्लबसँग ३-१ गोलले पराजित भएको थियो। कार्केविहारले पहिलो खेल जितेको थियो।

लिग कम नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगिता मंसिर २ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.