default_image

1 month ago

November 8, 2025

आर्मीलाई टाइब्रेकरमा हराउँदै एपिएफ फाइनलमा

1698 views

0 Bookmark

दिपक बोहोरा/ हिमाल खरेल, झापा

एपिएफ क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो।

झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा भएको दोस्रो सेमिफाइनलको इन्ज्युरी टाइममा गोल फर्काउँदै एपिएफले निर्धारण समयमा १-१ को बराबरी गरेको थियो।

७ मिनेट थपिएको इन्ज्युरीसमयको चौथो मिनेटमा कप्तान अनिता बस्नेत पेनाल्टी बक्स ठिक बाहिरबाट फ्रिकिकमा गोल गर्दै एपिएफलाई खेलमा फर्काएकी थिइन् ।

एपिएफले सोमवार हुने फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ। आज खेलमा एपिएफले पकड बनाएपनि गोलका लागि संघर्ष गर्नु परेको थियो।

२६औं मिनेटमा एपिएफकी सरु लिम्बूले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार पोष्ट छेउबाट बाहिरियो। त्यसपछि २९औं मिनेटमा आर्मीकी तुलसा बोहोराको सटिक क्रसमा विमला चौधरीले हेडर गरेको बल बारमाथि बाट गयो।

३९औं मिनेटमा एपिएफकी कप्तानको कर्नरमा रश्मि कुमारी घिसिङले गरेको भलि प्रहार आर्मीकी डिफेन्डरले क्लियर गरिन्। त्यसको एक मिनेटमै आर्मीले तीव्र काउण्टर अट्याक बनायो, तर तुलसा बोहोराको अन्जना राना मगरविरुद्धको वान भर्सेन–वान प्रयास सफल हुन सकेन।

५८औं मिनेटमा एपिएफकी रश्मिको प्रहार आर्मीकी गोलकिपर कोपिला खड्काले बचाइन्। तर ६३ औं मिनेटमा आर्मीले अग्रता लिन सफल भयो ।

डिफेन्डर निशा ठोकर र गोलकिपर अन्जना राना मगरबीचको तालमेलको नमिलेको फाइदा उठाउँदै चन्द्रा भण्डारीले नजिकैबाट फिनिसिङ गर्दै आर्मीलाई १-० को अग्रता दिलाइन्। आफैले दिएको पासमा जेनिफर राईले प्रहार गरेको बललाई चन्द्राले फाइनल टच गरेकी थिइन्।

खेलको अन्त्यतिर एपिएफले लगातार दबाब बढायो। ८१औं मिनेटमा अनिताको क्रसमा रश्मिको हेडर गोलपोष्ट बाहिरियो। इन्ज्युरी समयमा कप्तान अनिताले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेललाई टाइब्रेकरमा पुर्याइन्।

त्यसपछि सिधै भएको टाइब्रेकरमा एपिएफले बाजी मार्यो । गोलकिपर अन्जनाले आर्मीका २ खेलाडीको पेनाल्टी रोकिन् । एपिएफका लागि सविता राना मगर, अनिता, निशा ठोकर र रश्मिले गोल गरे। रेनुका हमालको प्रहार आर्मीकी गोलकिपर कोपिलाले रोकिन्।

आर्मीका विमला बिक र अनिता लम्जेलले मात्रै गोल गर्न सके। विमला चौधरी र सुस्मिता चौधरीको प्रहार अन्जनाले विफल पारिन् । अन्जना ‘प्लेयर अफ द म्याच’ घोषित भइन् र १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन्।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.