default_image

1 month ago

November 8, 2025

युनाइटेड हारबाट जोगियो

600 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा गोल गर्दै म्यानचेस्टर युनाइटेड
प्रिमियर लिगमा आज हारबाट जोगिएको छ।

इन्ज्युरी समयको छैंटौं मिनेटमा डे लिग्टले गोल गरेपछि
युनाइटेड र टोटनहम हस्परको खेल २-२ को बराबरीमा टुंगिएको हो।

खेलमा अग्रता युनाइटेडले लिएको थियो। युनाइटेडका ब्रायन म्बेउमोले ३२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।

८४ औं मिनेटमा टोटनहमका म्याथिस टेलले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा रिचार्लिसनले गोल गर्दै टोटनहमलाई २-१ को अग्रता दिलाए।

तर खेलको अन्तिम क्षणमा ब्रुनो फर्नान्डेजको कर्नरमा डे लिग्टले हेडिङ गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए।

यो बराबरीपछि युनाइटेडको अपराजित यात्रा ५ खेलसम्म पुगेको छ। समान १८ अंक रहेको टोटनहम लिगको तेस्रो र युनाइटेड सातौँ स्थानमा छ।

 

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.