1 month ago
November 9, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी दोस्रो स्थानमा उक्लिएको छ भने शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ।
एलेजान्द्रो गार्नाचोको उत्कृष्ट प्रदर्शन गरेपछि चेल्सीले वुल्भ्सलाई ३-० ले हरायो। सन्डरल्यान्डले इन्जुरी समयमा गोल फर्काएपछि आर्सेनल २-२ को बराबरीम रोकिएको छ।
गार्नाचोले ५१ औं मिनेटमा दिएको पासमा मालो गुस्टोले हेड मार्फत करियरको पहिलो गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। त्यसपछि जोआओ पेड्रोले ६५औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। त्यो उनको १ सयौं प्रिमियर लिग हो।
तेस्रो गोल पनि ७३ औं मिनेटमा गार्नाचोको असिस्टबाट निस्कियो । पेड्रो नेतोले गोल गर्दै चेल्सीको जितलाई सहज बनाए ।
यो जितपछि चेल्सी २० अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पुछारको वुल्भ्सको २ अंक छ।
रोकियो आर्सनल
इन्जुरी समयमा ब्रायन ब्रोबीको गोलले सन्डरल्यान्डले आर्सनलसँग २–२ को बराबरीमा रोकेको छ।
लिगमा लगातार पाँचौं जितको खोजीमा आएको आर्सनल ३६औं मिनेटमा ड्यान बालार्डको गोलले पछि परेको थियो।
तर ५४ औं मिनेटमा बुकायो साकाले बराबरी गोल गरे। ७४ औं मिनेटमा लिआन्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाए। तर इन्जुरी समयमा ब्रोबीले बालार्डको हेडरलाई फ्लिक गर्दै बराबरी गोल गरे ।
यो नतिजासँगै सन्डरल्यान्ड १९ अंकसहित तालिकाको चौथो स्थानमा पुगेको छ । शीर्षमा रहेको आर्सनलको २६ अंक छ ।
युनाइटेड हारबाट जोगियो
इन्जुरी समयमा गोल गर्दै म्यानचेस्टर युनाइटेड
हारबाट जोगिएको छ। इन्जुरी समयको छैंटौं मिनेटमा डे लिग्टले गोल गरेपछि युनाइटेड र टोटनहम हस्परको खेल २-२ को बराबरीमा टुंगिएको हो।
खेलमा अग्रता युनाइटेडले लिएको थियो। युनाइटेडका ब्रायन म्बेउमोले ३२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।
८४ औं मिनेटमा टोटनहमका म्याथिस टेलले गोल गर्दै खेल बराबरीमा ल्याए।
त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा रिचार्लिसनले गोल गर्दै टोटनहमलाई २-१ को अग्रता दिलाए। तर खेलको अन्तिम क्षणमा ब्रुनो फर्नान्डेजको कर्नरमा डे लिग्टले हेडिङ गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए।
प्रिमियर लिगमा शनिवारको नतिजा र शीर्ष १५ टोलीको अंक तालिका
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]