1 month ago
November 9, 2025
गोल कसको ? पास दिने चन्द्राको नाममा गोल दिदा सबै आश्चर्यमा
दिपक बोहोरा, दुधे (झापा)
एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबबीचको खेलमा एक गोलले रंगशालामा अनौठो दृश्य देखियो ।
खेल प्रतिस्पर्धात्मक थियो । तर ६४ औँ मिनेटमा आएको विवादास्पद गोलले मैदानदेखि दर्शकदीर्घासम्म कौतुहल बढायो ।
घटना यसरी भयो । आर्मीकी अनिता लम्जेलले दिपा राईलाई बल पास दिइन् । दिपाले जेनिफर रानालाई बल मिलाइदिइन् । जेनिफरले सञ्जु कुमाललाई ब्याक पास दिइन् । सञ्जुले मध्यभागको केही पछाडिबाट बल प्रहार गरिन्, बल एपिएफको डि एरियामा पुग्यो ।
त्यो बल क्लियर गर्न एपिएफकी गोलकिपर अञ्जना राना मगर अगाडि बढिन् । तर आर्मीकी चन्द्रा भण्डारी र एपिएफकै निशा थोकरसँग अल्झिँदा उनीहरु अलमलिए । त्यसै मौका छोप्दै आर्मीकी चन्द्राले बल अगाडि बढाइन् र जेनिफरलाइ पास मिलाइदिइन् । जेनिफरले बललाई प्रहार गरिन् । जहाँ विमला चौधरीले टचलाइनबाट प्रहार गर्दै बल जाली चुमाइन् ।
तर यहाँबाट सुरु भयो विवाद । गोल त निश्चित भयो, तर गोल गर्ने ‘को हो’ भन्नेमा विवाद भयो । रेफ्री कृति सेन र अफिसियल टिमले गोल जेनिफर वा विमलाको नभई पास दिने चन्द्राको नाममा घोषणा गरे ।
दर्शकदीर्घामा हल्ला चल्यो – ‘पास दिने गोलकर्ता कसरी ?’ भन्ने जिज्ञासासँगै रेफ्रीको निर्णयमाथि प्रश्न उठ्यो ।
त्यो गोलमार्फत आर्मीले अग्रता लिएको थियो । तर पछि एपिएफकी कप्तान अनिता बस्नेतले इन्ज्युरी समयमा सुन्दर फ्रिकिक गोल गर्दै खेल बराबरीमा ल्याइन् । अन्ततः टाइब्रेकरमा एपिएफ ४-२ जित निकाल्दै फाइनलमा प्रवेश गर्यो ।
तर, खेलपछि पनि चर्चा गोलभन्दा बढी ‘गोलको श्रेय’ मा नै सीमित रह्यो । धेरै दर्शकले त्यो क्षणलाई ‘गैरजिम्मेवार निर्णय’ भन्दै रेफ्री र अफिसियलको समन्वयमा प्रश्न उठाए ।
एपिएफ र नेपाल पुलिस क्लबबीच सोमवार फाइनल हुनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]