default_image

1 month ago

November 9, 2025

गोल कसको ? पास दिने चन्द्राको नाममा गोल दिदा सबै आश्चर्यमा

3086 views

0 Bookmark

दिपक बोहोरा, दुधे (झापा)

एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबबीचको खेलमा एक गोलले रंगशालामा अनौठो दृश्य देखियो ।

खेल प्रतिस्पर्धात्मक थियो । तर ६४ औँ मिनेटमा आएको विवादास्पद गोलले मैदानदेखि दर्शकदीर्घासम्म कौतुहल बढायो ।

घटना यसरी भयो । आर्मीकी अनिता लम्जेलले दिपा राईलाई बल पास दिइन् । दिपाले जेनिफर रानालाई बल मिलाइदिइन् । जेनिफरले सञ्जु कुमाललाई ब्याक पास दिइन् । सञ्जुले मध्यभागको केही पछाडिबाट बल प्रहार गरिन्, बल एपिएफको डि एरियामा पुग्यो ।

त्यो बल क्लियर गर्न एपिएफकी गोलकिपर अञ्जना राना मगर अगाडि बढिन् । तर आर्मीकी चन्द्रा भण्डारी र एपिएफकै निशा थोकरसँग अल्झिँदा उनीहरु अलमलिए । त्यसै मौका छोप्दै आर्मीकी चन्द्राले बल अगाडि बढाइन् र जेनिफरलाइ पास मिलाइदिइन् । जेनिफरले बललाई प्रहार गरिन् । जहाँ विमला चौधरीले टचलाइनबाट प्रहार गर्दै बल जाली चुमाइन्।

तर यहाँबाट सुरु भयो विवाद । गोल त निश्चित भयो, तर गोल गर्ने ‘को हो’ भन्नेमा विवाद भयो । रेफ्री कृति सेन र अफिसियल टिमले गोल जेनिफर वा विमलाको नभई पास दिने चन्द्राको नाममा घोषणा गरे ।

दर्शकदीर्घामा हल्ला चल्यो – ‘पास दिने गोलकर्ता कसरी ?’ भन्ने जिज्ञासासँगै रेफ्रीको निर्णयमाथि प्रश्न उठ्यो ।
त्यो गोलमार्फत आर्मीले अग्रता लिएको थियो । तर पछि एपिएफकी कप्तान अनिता बस्नेतले इन्ज्युरी समयमा सुन्दर फ्रिकिक गोल गर्दै खेल बराबरीमा ल्याइन् । अन्ततः टाइब्रेकरमा एपिएफ ४-२ जित निकाल्दै फाइनलमा प्रवेश गर्यो ।

तर, खेलपछि पनि चर्चा गोलभन्दा बढी ‘गोलको श्रेय’ मा नै सीमित रह्यो । धेरै दर्शकले त्यो क्षणलाई ‘गैरजिम्मेवार निर्णय’ भन्दै रेफ्री र अफिसियलको समन्वयमा प्रश्न उठाए । एपिएफ र नेपाल पुलिस क्लबबीच सोमवार फाइनल हुनेछ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.