default_image

1 month ago

November 9, 2025

झापा महिला गोल्डकप- पुलिस र एपिएफ फाइनलका लागि तयार

742 views

0 Bookmark

दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड

एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् ।

झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा फाइनल भोलि (सोमवार) दिउँसो २ः३० बजे सुरु हुनेछ । दुधे रंगशालामा आइतवार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

एपिएफका प्रशिक्षक जिवेश पाण्डेले फाइनलमा अहिलेसम्म पराजय नभोगेको आत्मविश्वास व्यक्त गर्दै भने, ‘हाम्रो टोलीले अहिलेसम्म फाइनलमा हार व्यहोरेको छैन । यसपटक पनि हामी उपाधि रक्षा गर्नेछौँ ।’

एपिएफकी कप्तान अनिता बस्नेतले थपिन्, ‘हाम्रो टोली सधैँ ट्रफीका लागि खेल्छ । झापाको मैदानमा हामी पुलिसलाई रोक्दै अर्को उपाधि थप्नेछौँ ।’

पुलिसका प्रशिक्षक भोला सिलवालले भने रेखा पौडेल र पूजा राना मगरको तालमेललाई टोलीको मुख्य बल बताउँदै भने, ‘हाम्रो टोलीमा धेरैपछि रेखा र पूजा सँगै खेलिरहेका छन् । अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसैले यसपटक हामी एपिएफलाई हराउँदै उपाधि जित्नेछौँ ।’

पुलिसकी कप्तान अमृता जैशीले भने विगतका पराजयको बदला झापामै लिने दृढता प्रकट गरिन् । ‘हामीले विगतमा धेरैपटक एपिएफसँग पराजय व्यहोरेका छौँ, तर यसपटक बदला लिँदै ट्रफी लिएर जानेछौँ । झापाको दर्शकका सामु पुलिसले उत्कृष्ट खेल देखाउनेछ,’ उनले भनिन् ।

एपिएफ क्लब महिला फुटबलमा एक सफल टोली हो। यसअघि खेलिएका अधिकांश राष्ट्रिय प्रतियोगितामा एपिएफले उपाधि जितेको छ । फाइनलमा कहिल्यै हार व्यहोर्नु नपरेको इतिहासले टोलीलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको छ ।

त्यस्तै, पुलिस पछिल्लो समय बलियो स्क्वाड निर्माण गर्दै आएको छ । अनुभवी रेखा , पूजा जस्ता खेलाडीको पुनरागमनले टोलीमा नयाँ ऊर्जा थपिएको छ ।

फाइनल खेलमा झापाका फुटबलप्रेमीको उल्लेख उपस्थिति रहने ठुलो अनुमान गरिएको छ । फाइनलमा देशका शीर्ष महिला खेलाडी मैदानमा भिड्दै गर्दा झापाको दुधे रंगशाला एक निर्णायक क्षणको साक्षी बन्नेछ ।

आयोजक समितिका अनुसार दर्शकका लागि टिकट दर सामान्यतर्फ ३ सय र ५ सय रुपैयाँ तथा भिआइपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ ।

विजेता टोलीले १० लाख १० हजार रुपैयाँ र दोस्रो टोलीले ५ लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.