default_image

1 month ago

November 10, 2025

म्यानचेस्टर सिटीसँग लिभरपुल पराजित

482 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई ३-० ले हराएको छ। प्रशिक्षक पेप ग्वार्डिओलाको करिअरको १ हजार खेलमा सिटी दमदार प्रदर्शनका साथ जित निकाल्यो ।

घरेलु मैदान इत्तिहाद रंगशालामा आइतवार सिटीलाई जित दिलाउन एर्लिङ हालान्ड, निको गोनजालेज र जेरेमी डोकूले गोल गरे।

हालान्डले सुरुवातमै पाएको पेनाल्टी गुमाए । यद्दपी उनले नै २९औं मिनेटमा हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि भर्जिल भान डाइकले बराबरी गोल गरे। तर भिएआर परिक्षणपछि उनको गोल अफसाइडका कारण अस्वीकृत भयो।

त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा गोनजालेजको प्रहार विपक्षी खेलाडीबाट डिफ्लेक्ट भएर गोल हुँदा सिटीले पहिलो हाफमै २-० ले अगाडि बढ्यो।

६३औं मिनेटमा क्लबसँगको आफ्नो १ सयौं खेल खेलिरहेका डोकूले आकर्षक गोल गर्दै जित पक्का गरे।

यो जितपछि सिटी २२ अंकका साथ लिग तालिकाको दोस्रो स्थानमा पुगेको छ ‌। शीर्ष स्थानको आर्सनल भन्दा सिटी ४ अंकले मात्र पछि छ। लिभरपुल ११ खेलपछि १८ अंकसहित आठौं स्थानमा झरेको छ।

आइतवारका अन्य खेलमा एस्टन भिल्लाले बोर्नमाउथलाई ४-१ ले, बेनफोर्डले न्युक्यासललाई र नटिङघम फरेस्टले लिड्सलाई समान ३-१ ले हराएको छ। क्रिस्टल प्यालेस र ब्राइटनले गोलरहित बराबरी खेलेका छन्।

प्रिमियर लिगमा आइतवार नतिजा र अंक तालिकाका शीर्ष १५ टोली 

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.