1 month ago
November 10, 2025
एजेन्सी – बार्सिलोनाले आइतवार सेल्टा भिगोमाथि ४-२ को रोमाञ्चक जित निकाल्दै ला लिगामा शीर्ष स्थानमा रहेको रियल माड्रिडसँगको दूरी ३ अंकमा झारेको छ।
यो खेलमा रोबर्ट लेवान्डोव्स्कीले ह्याट्रिक गर्दै बार्सिलोनालाई शानदार जित दिलाए। रियल र रायो भालेसानोको खेल बराबरीमा सकिएपछि बार्सिलोनाले जित निकाल्दै शीर्ष स्थान नजिक पुगेको हो।
खेलको १०औं मिनेटमा मारकोस अलोन्सोको ह्यान्डबलपछि बार्सिलोनाले पेनाल्टी पायो । जसलाई लेवान्डोव्स्कीले गोलमा परिणत गरे। तर एक मिनेटपछि नै बोरखा इग्लेसियसको पासमा सर्जियो करेइराले गोल गर्दै सेल्टालाई बराबरीमा ल्याए।
३७औं मिनेटमा मार्कस र्यासफोर्डको क्रसमा लेवान्डोव्स्कीले दोस्रो गोल गरे। ४३ औं फेरि इग्लेसियसले गोल गर्दै खेल बराबरीमा ल्याए। इन्जुरी समयको चौथो मिनेटमा लामिन यामालको गोल गरेपछि पहिलो हसु बार्सिलोना ३-२ ले अघि रह्यो ।
दोस्रो हाफमा बार्सिलोनाले बलमा नियन्त्रण राख्यो र ७३औं मिनेटमा र्यासफोर्डको पासमा लेवान्डोव्स्कीले गोल गर्दै ह्याट्रिक पूरा गरे।
अन्त्यतिर डे जोङले दोस्रो पहेंलो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित रह्यो। जितसँगै बार्सिलोनालो २८ अंक पुगेको छ। सेल्टा १३औं स्थानमा छ।
ला लिगाको १२ औं चरणको नतिजा र अंक तालिका
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]