default_image

1 month ago

November 10, 2025

वार्ताको प्रत्यक्ष प्रसारण गर्नुपर्ने फुटबल खेलाडी संघको माग

521 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूहरुसँग गर्ने वार्ताको प्रत्यक्ष प्रसारण गर्न नेपाल फुटबल खेलाडी संघले माग गरेको छ।

साधारण सभाबाट पास गरिएको मितिमा नै ए डिभिजन लिग सुरु गर्नु पर्ने मागसहित बिहीवार फुटबल खेलाडी संघले एन्फा विरुद्ध धर्ना प्रदर्शन गरेको थियो।

एन्फाले एक साता भित्र लिग गर्ने निश्चिततासहितको तालिका प्रस्तुत नगरे विरोधका थप कार्यक्रम सार्वजनिक गर्ने फुटबल खेलाडी संघले घोषणा गरेको छ।

सोही विषयमा वार्ता गर्न एन्फाले फुटबल खेलाडी संघलाई आज दिउँसो १:०० बजे बोलाइएको छ। घरेलु फुटबल अन्तर्गतका शीर्ष डिभिजन लिग फुटबल हुनुपर्छ भन्ने खेलाडीद्वारा उठाइएको मागमा एन्फाले व्यक्त गरेको चासो र वार्ताका लागि गरेको आह्वानप्रति फुटबल खेलाडी संघ धन्यवाद ज्ञापन गरेको छ।

सामाजिक सन्जालमार्फत आफ्नो माग राख्दै खेलाडी संघले भनेको छ,’ सम्पूर्ण खेलाडी र सरोकारवालाहरूको जानकारी र पारदर्शिताका लागि आज हुने वार्ताको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाउन एन्फासँग अनुरोध गर्दछौं।’

एन्फाले हिजो वार्ताका लागि खेलाडी संघलाई आव्हान गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको थियो। एन्फा‌ र ए डिभिजन क्लबहरु बीच कात्तिक १७ गते भएको सहमती प्रति फुटबल खेलाडी संघको नेतृत्वमा भएको सडक प्रदर्शन प्रति सवेदनशिल रहँदै ए डिभिजन लिग र राष्ट्रिय लिगका सम्बन्धमा उठेका विचार एवम् भावनाहरुलाई संवाद मार्फत नै सम्बोधन गर्ने मान्यता बमोजिम वार्ताका लागि आव्हान गरिएको एन्फाले जनाएको छ ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मंगलवार एन्फा, क्लब र फुटबल खेलाडी संघ, राष्ट्रिय टोलीका कप्तान र पूर्व कप्तानलाई सामुहिक छलफललाई डाकेको बताइएको छ।

मन्त्रालयले ए डिभिजन लिग सन्चालनका विषयमा सुझाव दिन गठित कार्यदलले हिजो प्रतिवेदन बुझाएको छ। तर खेलाडी संघका प्रतिनिधिले भने एन्फा र ए डिभिजन क्लबले कार्यदलको प्रतिवेदन बुझाउनु अघि नै राष्ट्रिय लिगको निर्णय गरेको भन्दै कार्यदलको बैठक वहिष्कार गरेका थिए।

वैशाखमा एन्फा साधारण सभाले पुस ९ गतेदेखि ए डिभिजन लिग सुरु गर्ने भन्दै बजेट समेत अनुमोदन गरेको थियो। तर एन्फा र क्लबको बैठकले पुस ९ बाट राष्ट्रिय लिग र २०८३ को पुस ३ गते ए डिभिजन लिग गर्ने सहमति गरेका थिए। फुटबल खेलाडी संघले भने ए डिभिजन लिग नै गर्नुपर्ने मागसहित विरोध कार्यक्रम सुरु गरेको छ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.