1 month ago
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूहरुसँग गर्ने भनिएको वार्ताको प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि नेपाल फुटबल खेलाडी संघले वार्ता बहिष्कार गरेको छ।
साधारण सभाबाट पास गरिएको मितिमा नै ए डिभिजन लिग सुरु गर्नु पर्ने मागसहित बिहीवार फुटबल खेलाडी संघले एन्फा विरुद्ध धर्ना प्रदर्शन गरेको थियो। एन्फाले एक साता भित्र लिग गर्ने निश्चिततासहितको तालिका प्रस्तुत नगरे विरोधका थप कार्यक्रम सार्वजनिक गर्ने फुटबल खेलाडी संघले घोषणा गरेको छ।
सोही विषयमा वार्ता गर्न एन्फाले फुटबल खेलाडी संघलाई आज दिउँसो १:०० बजे बोलाइएको थियो। तर एन्फाले वार्ताको प्रत्यक्ष प्रसारण गर्न नमाने पछि फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामासहितको टोलीले आफ्नो ७ बुँदे मागपत्र पेश गर्दै वार्ता बहिष्कार गरेको जनाएको छ।
टोलीले महासचिव किरण राईलाई आफ्नो माग पत्र बुझाएको छ।
राईले एन्फाको आन्तरिक विषय प्रत्यक्ष प्रसारण गर्न नमिल्ने जिकिर गरेपछि वार्ता बहिष्कार गरेको फुटबल खेलाडी संघका उपाध्यक्ष विकेश कुथुले जानकारी दिए।
घरेलु फुटबल अन्तर्गतका शीर्ष डिभिजन लिग फुटबल हुनुपर्छ भन्ने खेलाडीद्वारा उठाइएको मागमा एन्फाले व्यक्त गरेको चासो र वार्ताका लागि गरेको आह्वानप्रति फुटबल खेलाडी संघ धन्यवाद ज्ञापन गर्दै वार्तामा भाग लिन टोली सातदोबाटो स्थित एन्फा को कार्यालय पुगेका थियो ।
आज बिहानै सामाजिक सन्जालमार्फत आफ्नो माग राख्दै खेलाडी संघले भनेको थियो,’ सम्पूर्ण खेलाडी र सरोकारवालाहरूको जानकारी र पारदर्शिताका लागि आज हुने वार्ताको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाउन एन्फासँग अनुरोध गर्दछौं।’
एन्फाले हिजो वार्ताका लागि खेलाडी संघलाई आव्हान गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको थियो। एन्फा र ए डिभिजन क्लबहरु बीच कात्तिक १७ गते भएको सहमती प्रति फुटबल खेलाडी संघको नेतृत्वमा भएको सडक प्रदर्शन प्रति सवेदनशिल रहँदै ए डिभिजन लिग र राष्ट्रिय लिगका सम्बन्धमा उठेका विचार एवम् भावनाहरुलाई संवाद मार्फत नै सम्बोधन गर्ने मान्यता बमोजिम वार्ताका लागि आव्हान गरिएको एन्फाले जनाएको थियो ।
तसैबीच, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मंगलवार एन्फा, क्लब र फुटबल खेलाडी संघ, राष्ट्रिय टोलीका कप्तान र पूर्व कप्तानलाई सामुहिक छलफललाई डाकेको बताइएको छ।
मन्त्रालयले ए डिभिजन लिग सन्चालनका विषयमा सुझाव दिन गठित कार्यदलले हिजो प्रतिवेदन बुझाएको छ। तर खेलाडी संघका प्रतिनिधिले भने एन्फा र ए डिभिजन क्लबले कार्यदलको प्रतिवेदन बुझाउनु अघि नै राष्ट्रिय लिगको निर्णय गरेको भन्दै कार्यदलको बैठक वहिष्कार गरेका थिए।
वैशाखमा एन्फा साधारण सभाले पुस ९ गतेदेखि ए डिभिजन लिग सुरु गर्ने भन्दै बजेट समेत अनुमोदन गरेको थियो। तर एन्फा र क्लबको बैठकले पुस ९ बाट राष्ट्रिय लिग र २०८३ को पुस ३ गते ए डिभिजन लिग गर्ने सहमति गरेका थिए। फुटबल खेलाडी संघले भने ए डिभिजन लिग नै गर्नुपर्ने मागसहित विरोध कार्यक्रम सुरु गरेको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]