1 month ago
November 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जेम्स थन्डरबोल्ट्स नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) को च्याम्पियन बनेको छ । फाइनलमा छिमेकी प्रतिद्वन्द्वी एलए स्नो लिओपर्ड्सलाई पराजित गर्दै थन्डरबोल्ट्सले उपाधिसँगै ५ लाख रुपैयाँ प्राप्त गर्यो ।
ललितपुरको धापाखेलस्थित जेम्स स्कुलको खेलमैदानमा शनिबार भएको फाइनलमा घरेलु टोली थन्डरबोल्ट्सले एलए स्नो लिओपर्ड्समाथि ४–३ को रोमान्चक जित दर्ता गरेको हो । दोस्रो हाफको अन्त्यतिर मैदान प्रवेश गरेका आर्यन अमात्यले निर्धारित ८० मिनेटको खेलको इन्ज्युरी समयमा निर्णायक गोल गर्दै उपाधि दिलाए । लिटिल एन्जल्स स्कुलको टिम स्नो लियोप्यार्ड्सले लिग चरण र क्वालिफायरमा थन्डरबोल्ट्सलाई पराजित गरेपनि फाइनलमा भने घरेलु टोलीले बाजी मार्यो ।
फ्लडलाइट्समा खेलाइएको फाइनलमा घरेलु टोलीले सानदार सुरुवात गरेको थियो । ३४ मिनेटभित्र नै ग्रेमन श्रेष्ठको दुई तथा सप्रित शेर्पाको एक गोलमा थन्डरबोल्ट्सले ३–० को अग्रता लियो । तर एलएका देवराज कटवालले पहिलो हाफको अन्त्यतिर गोल गर्दै खेलमा फर्कने संकेत दिए । दोस्रो हाफमा अनुप खत्रीले दुई गोल गरेपछि एलएले ६५ औं मिनेटमा खेल बराबर गर्न सफल रह्यो । इन्ज्युरी समयमा आर्यनले प्रतियोगितामा नवौं गोल गर्दै उपाधि छिनोफानो गरे ।

करिब तीन महिना सञ्चालित प्रतियोगितामा आठ स्कुलका टिम सहभागी थिए । एलएले लिग चरणका सातै खेल जितेको थियो भने जेम्सले ५ जित, १ बराबर र १ हारको नतिजा निकालेको थियो। रातो बंगलाको रेड पान्डाज र डीएभीको सुपर डाँफेज प्ले–अफसम्म पुगेका थिए ।
फाइनलसहित ९ खेलमा १७ गोल गरेका अनुप खत्री सर्वाधिक गोलकर्ताको अवार्ड जिते । देवराज कटवालले मोस्ट भ्याल्युएबल अवार्ड हात पारे । दुवै खेलाडी एलएका हुन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]