1 month ago
November 10, 2025
रविन्द्र वाईबा, हेटौंडा
एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ।
हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो ।
दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल गरेको हो।
नव जागृतीका लागि राजन न्यौपानेले खेलको ५७ औं र विकास दर्लामीले ६२ औं मिनेटमा गोल गरे। जन जागृतीमा अविनाष स्याङ्तन प्लेयर अफ दि म्याच घोषित घोषित भए।
नव जागृतीले शनिवार काक्रेविहारसँग १-१ को बराबरी खेलेको थियो। लिगमा २ खेल खेलेको गाईघाट बिहीवार दोलखाको टाइगर्स टिमसँग २-१ गोलले पराजित भएको थियो।
आजको दोस्रो खेलमा काक्रेविहारले टाइगर्स टिमलाई १-० गोलले हरायो । काक्रेविहारका लागि रोमन भुजेलले ६३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।काक्रेविहारका अमित लामा प्लेयर अफ दि म्याच घोषित भए।
लिगमा ३ खेल खेलेको काक्रेविहारले बिहीवार तनहुँको हैरान्स क्लबलाई ३-२ गोलले पराजित गरेको थियो । टाइगर्सले लिगमा दोस्रो हार बेहोरेको हो।
टाइगर्सले बिहीबार गाईघाट फुटबल क्लबलाई २-१ गोलले हराएको थियो र अर्को खेलमा हैरान्स क्लबसँग ५-२ ले पराजित भएको थियो।
लिग कम नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा १० टोलीलाई २ समुहमा विभाजन गरिएको छ। दुई समुहको विजेता र उपविजेता गरी ४ टोलीले राष्ट्रिय लिग प्रतियोगितामा सहभागी जनाउन पाउनेछ।
मंसिर २ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]