1 month ago
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, झापा
घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो।
मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष एन्फा लिग सहित घरेलु नकआउट फुटबलका सबै उपाधि जितेको थियो।
खेलको सुरुवातमै दुवै टोली आक्रमक लयमा मैदान उत्रिए। खेलको तेस्रो मिनेटमा पुलिसकी पूजा रानाले डिबक्स बाहिरबाट दिएको सटिक क्रसमा मिनाले पेनाल्टी एरियाबाट गरेको प्रहार एपिएफकी गोलकिपर अन्जना राना मगरले बचाइन्।
पाँचौं मिनेटमा एपिएफले पनि गोलको अवसर बनायो। तर कप्तान अनिता बस्नेतको क्रसमा निशा ठोकरले गरेको प्रहार पोस्टमाथि गयो।
२०औं मिनेटमा पुलिसकी रेखा पौडेलले एपिएफका दुई डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार अन्जनाले बचाइन्। तर २२औं मिनेटमा पुलिसले खेलमा अग्रता बनायो।
रेखाले डिबक्सभित्र गरेको प्रहार डिफेन्डरमा लाग्दै फर्किएको बल पेनाल्टी एरियामा अनमार्क रहेकी मिनाले अन्जनालाई मौका नदिइ गोल गरिन् ।
३३औं मिनेटमा एपिएफकी कप्तान अनिताले बराबरीको मौका गुमाइन्। अनिता केसीले दिएको क्रसमा उनले नजिकैबाट गरेको प्रहार सफल भएन । ३८औं मिनेटमा सविता राना लडाइएपछि एपिएफले फ्रिकिक पायो । तर कप्तान अनिताको प्रहारलाई पुलिसकी गोलकिपर उषा नाथले बचाइन्।
पहिलो हाफको अन्तिम मिनेटमा रेखा पौडेलको प्रहार पोस्टको छेउबाट बाहिरियो। मिनाले मैदानको झन्डै मध्ये भाग बढाउने क्रम ३ खेलाडीलाई बिट गर्दै रेखालाई पास दिएकी थिइन्।
६२औं मिनेटमा रेखाको आक्रमक रोक्ने क्रममा एपिएफकी डिफेन्डर मनमाया दमाईले फाउल गरेपछि पहेलो कार्ड पाउँदा पुलिसले फ्रिकिकको अवसर पायो। कप्तान अमृता जैसीको फ्रिकिक पोस्ट नजिक बाहिरियो।
८४औं मिनेटमा एपिएफले बराबरीको अर्को मौका गुमायो। रश्मिकुमारी घिसिङले डिबक्स बाहिरबाट रेनुका नगरकोटीलाई पास दिएकी थिइन् । तर रेनुकाको प्रहार सफल भएन। ८९औं मिनेटमा पनि रश्मिको आक्रमकलाई पुलिसकी गोलकिपर उषाले बचाइन्।
उपाधिसहित पुलिसले १० लाख १० हजार र एपिएफले
५ लाख रुपैयाँ प्राप्त गर्यो । पुलिसकी पूजा ‘फाइनल अफ द म्याच’ बनिन् । पुलिसकी मिना देउवा सर्वोत्कृष्ट खेलाडी घोषित भइन् र उनले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरिन् ।
उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस), उत्कृष्ट डिफेन्डर मनमाया दमाई (एपिएफ), उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी (एपिएफ), उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपिएफ), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस), र उदयमान खेलाडी जेनिफर राना मगर (आर्मी) चनिइन् । उनीहरुले समान २५ हजार रुपैयाँ प्राप्त गरे।
कात्तिक १७ गते सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]