default_image

1 month ago

November 11, 2025

झापा महिला गोल्डकपमा ५८ लाख बढीको टिकट बिक्री

811 views

0 Bookmark

हिमाल खरेल/ दिपक बोहोरा, बिर्तामोड

एलभिडी झापा महिला गोल्ड कप फुटबल प्रतियोगिताले घरेलु महिला नकआउटको टिकट बिक्रीबाट हालसम्मकै सर्वाधिक रकम आम्दानी गरेको छ ।

दर्शकको उल्लेख्य उपस्थिति रहेको प्रतियोगिताका हरेक खेलमा रंगशाला भरिभराउ रहेको थियो । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता अवधिभर ५८ लाख ३ हजार रुपैयाँको टिकट बिक्री भएको छ ।

फाइनल खेलमा मात्र ३० लाख २ हजार ४ सय रुपैयाँको टिकट बिक्री भएको हो । त्यस्तै, पहिलो सेमिफाइनलमा ५ लाख ५० हजार ७ सय रुपैयाँ र अन्तिम सेमिफाइनल खेलमा ११ लाख ५ हजार ५ सय रुपैयाँको आम्दानी भएको आयोजकले जनाएको छ ।

त्यसअघि, क्वार्टर फाइनलका ४ खेलमा टिकट बिक्रीबाट ११ लाख ४४ हजार ४ सय रुपैयाँ आम्दानी भएको आयोजकले जनाएको छ । उद्घाटन खेलको दिन २ लाख ८८ हजार रुपैयाँ टिकट बिक्रीबाट संकलन भएको थियो ।

झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न फुटबल प्रतियोगितामा दर्शकको उपस्थिति बाक्लो रहेको थियो । खेल हेर्न स्थानीयदेखि आसपासका जिल्लाबाट दर्शकको उपस्थिति रहेको थियो ।

महिला फुटबलप्रति बढ्दो चासो, स्थानीय खेलाडीको सहभागिता र विभागीय टोलीको प्रतिस्पर्धाले दर्शकको आकर्षण बढेको अध्यक्ष थोप्राले बताए ।

अध्यक्ष थोप्राले भने, ‘दर्शकको उत्साहले हामीलाई थप जिम्मेवारी बढाएको छ । महिला फुटबललाई अझै मजबुत बनाउने हाम्रो लक्ष्य हो । टिकट बिक्रीबाट प्राप्त रकम प्रतियोगिता सञ्चालन, खेलाडी प्रोत्साहन र मैदान व्यवस्थापनमा प्रयोग गरिनेछ ।’

कात्तिक २४ गते सम्पन्न प्रतियोगिताको क्वार्टर फाइनलका खेलहरुमा साधारणतर्फ १ सय र २ सय तथा भिआइपीतर्फ ६६ जनालाई १ हजार रुपैयाँ टिकट दर तोकिएको थियो ।

त्यस्तै, सेमिफाइनलका दुई खेलमा साधारणतर्फ २ सय र ३ सय तथा भिआइपीतर्फ ६६ जनालाई १ हजार रुपैयाँ तथा फाइनलमा साधारणतर्फ ३ सय र ५ सय तथा भिआइपीतर्फ ६६ जनालाई १ हजार रुपैयाँ टिकट दर तोकिएको थियो

प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जित्यो । मिना देउवाको गोलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले १० लाख १० हजार रुपैयाँ हात पार्यो । कात्तिक १७ गते सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.