default_image

1 month ago

November 11, 2025

लिगका विषयमा खेलकुद मन्त्री गुप्ताले सरोकारवालासँग छलफल गर्दै

611 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सहिद स्मारक लिगका विषयमा आज सरोकारवालाहरुसँग छलफल गर्दैछन्।

छलफलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष र महासचिव, सबै क्लबका १४ ए डिभिजन क्लबका समान  १ जना पदाधिकारी प्रतिनिधी, नेपाल फुटबल खेलाडी संघका अध्यक्ष एवम् महासचिव तथा फुटवल टोली कप्तान बोलाइएको छ।

मन्त्रीको निजी सचिवालयबाट प्राप्त पत्रका आधारमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई पत्र काटेको थियो। सोही पत्रका आधारमा एन्फाले छलफलमा सहभागी हुन सम्बन्धित व्यक्तिलाई हिजो नै पत्र पठाएको छ।

मन्त्री गुप्ताले एन्फा र क्लबका प्रतिनिधिसँगको पछिल्लो छलफलमा ५० दिन भित्र ए डिभिजन लिग सुरु गर्ने गरि सुझाव दिनका लागि एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो।

अर्को दिन मन्त्रीसँगको भेटमा कार्यदलमा खेलाडीको प्रतिनिधित्व नभएको भन्दै नेपाल फुटबल खेलाडी संघले गुनासो गरेपछि कार्यदलमा संघ अध्यक्ष विक्रम लामा र कोषाध्यक्ष विशाल श्रेष्ठको नाम थपिएको थियो।

त्यसपछि एन्फा र क्लबका प्रतिनिधिबीचको कात्तिक १७ गते यो वर्ष राष्ट्रिय लिग गर्ने तथा ए डिभिजन लिग भने अर्को वर्ष (२०८३ पुस) गर्ने सहमति गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए।

त्यसको भोलिपल्ट कार्यदलले बैठक बोलाएपछि मन्त्रीलाई प्रतिवेदन बुझाउनु अघिनै एन्फा र क्लबहरुले अर्को वर्ष मात्र लिग गर्ने सहमति गरेपछि फुटबल खेलाडी संघले बैठक वहिष्कार गरेको थियो।

त्यसपछि फुटबल खेलाडी संघले बिहीवार एन्फाको साधारण सभाले अनुमोदन गरेको यहि वर्षको पुस ९ गते लिग सुरु गर्नु पर्छ भन्दै एन्फा विरुद्ध धर्ना प्रदर्शन गरेको थियो। खेलाडी संघले एक साता भित्रमा एक डिभिजन लिग गर्ने सुनिश्चित नभए‌ आन्दोलनलाई जारी राख्ने घोषणा गरेको छ।

यता कार्यदलले फुटबल खेलाडी संघको प्रतिनिधित्व विना तयार पारिएको प्रतिवेदन आइतवार मन्त्री गुप्तालाई बुझाएको थियो।

यसैबीच एन्फाले लिगका विषयमा वार्ताको लागि गरेको आव्हान अनुसार अध्यक्ष लामाको नेतृत्वमा फुटबल खेलाडी संघको टोली सोमवार एन्फा कम्प्लेक्स पुगेको थियो।

खेलाडी संघले फुटबलका सरोकारवालाका बीच जानकारी र पारदर्शीका लागि वार्ताको प्रत्यक्ष प्रसारणको माग राखेको थियो। त्यो प्रस्तावलाई एन्फाका महासचिव किरण राईलेले अस्वीकार गरेपछि फुटबल खेलाडी संघले वार्ता बहिष्कार गरेको थियो ।

त्यसै क्रममा फुटबल खेलाडी संघले एन्फाका महासचिव राईले मार्फत अध्यक्ष पंकज नेम्वाङलाई ७ बुँदे मागपत्र हस्तान्तरण गरेको थियो। यस्तो पृष्ठभूमिमा मन्त्री गुप्ताले बोलाएको बैठकलाई सरोकारवालाको चासो स्वभाविक रुपमा हुनेछ।

खेलाडी संघले एन्फालाई बुझाएको ७ बुँदा यस्तो छ।

१. साधारण सभाले अनुमोदन गरेको मिति २०८२ पौष ९ गते कम्तीमा ६ महिना चल्ने गरि सहिद स्मारक ए डिभिजन लिग सुरु गर्नु पर्ने।

२. एन्फा महिला लिग तोकिएकै मितिमा सुरु गर्नु पर्ने।

३. सहिद स्मारक ए डिभिजन लिगपछि राष्ट्रिय लिग गर्नुपर्ने ।

४. २०८३ मा सबै श्रेणीको लिग आयोजना गर्नुपर्ने। विभिन्न जिल्लामा रहेका मैदानको प्रयोग गरि सबै श्रेणीको सिजन एकै समयमा सुरु गर्ने व्यवस्था मिलाउनुपर्ने ।

५. एन्फाको साधारण सभा र केन्द्रीय समितिले पास गरेका सबै निर्णय कार्यान्वयन गर्नुपर्ने ।

६. उमेर समूह र राष्ट्रिय टोलीका लागि विगतमा घोषणा गरिएका पुरस्कार १५ दिन भित्र उपलब्ध गराउनुपर्ने।

७. विगत लामो समयदेखि रोकिएको विभिन्न शीर्षकको खेलाडी पुरस्कार तथा सम्मान कार्यक्रम तत्काल आयोजना गर्नुपर्ने।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.