default_image

1 month ago

November 11, 2025

१ सय २० दिनमा लिग सुरु गर्ने एन्फाको प्रस्ताव!

677 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले १ सय २० दिनभित्र सहिद स्मारक‘ए’ डिभिजन लिग सुरु गर्न सहमति जनाएको छ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बोलाएको लिगका सरोकारवालाहरुसँगको बैठकमा एन्फा महासचिव किरण राईले तयारीका लागि १ सय २० दिन भयो भने ए डिभिजन लिग गर्न सक्ने बताएका थिए।

मन्त्री गुप्ताले एन्फालाई मिति प्रस्ताव गर्न र त्यसपछि आफूले क्लबसँग छलफल गर्ने बताएपछि एन्फा महासचिव राईले १ सय २० दिनको प्रस्ताव राखेका थिए।

मन्त्री गुप्ताले भने,‘अहिले एन्फाले यो मितिमा ए डिभिजन लिगको मिति प्रस्ताव गर्नुस् । म त्यही मितिमा क्बलहरुसँग प्रस्ताव गर्छु। यसका लागि क्लबसँग भोलि बैठक पनि बस्छु।’

त्यसपछि मन्त्रीले दबाब दिएपछि अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव राई समय सिमा तोक्न बाध्य भएका थिए। त्यसअघि राईले क्लबहरु खेल्न तयार भए एन्फा लिग गर्न तयार रहेको बताएका थिए।

‘क्लब खेल्न चाहन्छ भने राष्ट्रिय लिग होल्ड गरेर भए पनि ए डिभिजन गराउँछौं,’ राईले भने। एन्फालाई मिति तोक्दैमा समस्या नहुने उनले बताए।

छलफलमा एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई, ए डिभिजनका ३ विभागीय टोली, एनआरटीका सुन्दर नर सिंह जोशी र मच्छिन्द्रका अध्यक्ष अनिल श्रेष्ठ, नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामासहितको टोली सहभागी थियो।

मच्छिन्द्रका अध्यक्ष श्रेष्ठले ए लिग खेल्ने तयारीका लागि कम्तीमा ३ महिना समय चाहिने बताएका थिए।
एनआरटीका अध्यक्ष जोशीले यो पटक होम एण्ड अवे लिग नहुने भएपनि ए डिभिजन लिग डबल राउन्डमा गर्ने प्रस्ताव राखेका थिए।

फुटबल खेलाडी संघका अध्यक्ष लामाले लिग फागुन २१ अघि नै सुरु गर्न उपयुक्त हुने बताए । ‘निर्वाचनअघि नै लिग सुरु गरौं,’ उनले भने,’त्यसपछि निर्वाचनमा स्थगित गरेर पछि सुरु गरौं।’

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.