default_image

1 month ago

November 11, 2025

लालीगुराँसको दोस्रो जित

548 views

0 Bookmark

रविन्द्र वाईबा , हेटौंडा

कास्कीको लालीगुराँस एसोसिएसनले एन्फा प्रेसिडेन्ट लिगमा दोस्रो जित निकालेको छ।

हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा काठमाडौंको चित्लाङ एफसीलाई ३-० गोलले हराउँदै लालीगुराँसले लिगमा दोस्रो जित हासिल गरेको हो।

लालीगुराँसका लागि लछु थापाले ३८ औं, आशिष गुरुङले ५६ औं र सुलेमन थापा मगरले ८० औं मिनेटमा गोल गरे। विजयी टोलीका लछु प्लेयर अफ दि म्याच घोषित भए।

लिगमा ३ खेल खेलेको लालीगुराँसले २ खेल जितेको छ भने एक खेल बराबरी खेल्दै ७ अंक जोडेको छ। समान ३ खेलमा चित्लाङले भने पहिलो हार बेहोरेको छ। चित्लाङले ४ अंङ्क जोडेको छ।

आज दोस्रो खेलमा कैलालीको विजय स्पोर्ट्स र बर्दियाको जन जागृतीले १-१ गोलको बराबरी खेलेका छन्।‌ विजय स्पोर्ट्सका लागि अरोन थापाले ४१ औं र जन जागृतीका लागि हरिहर बुढा मगरले ९४ औं मिनेटमा बराबरी गोल गरे। जन जागृतीका हरिहर प्लेयर अफ दि म्याच घोषित भए।

लिगमा ४ खेलमा अपराजित यात्रालाई कायम गरेको विजय स्पोर्ट्सले ३ खेलमा बराबरी र १ खेलमा मात्र जित निकालेको छ। विजयको ५ अंक छ। ३ खेलमा जन जागृतीले जित निकाल्न सकेको छैन। जन जागृती समूह ए मा १ अंक जोड्दै पुछारमा छ।

लिग कम नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिता आगामी मंसिर २ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेता टिमले १० लाख र ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.