4 weeks ago
November 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सहिद स्मारक ए डिभिजन लिगका बारेमा आज क्लबहरुसँग छलफल गर्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजोको छलफलमा १ सय २० दिनभित्र ‘ए’ डिभिजन लिग सुरु गर्न सकिने बताएपछि त्यसैका विषयमा थप छलफल र सहमतिको प्रयासका लागि मन्त्री गुप्ताले ए डिभिजनका १४ क्लबका प्रतिनिधिलाई डाकेका छन्।
मन्त्री बब्लु गुप्ताले हिजो लिगका सरोकारवाला एन्फा, ए डिभिजन क्लब र नेपाल फुटबल खेलाडी संघका प्रतिनिधिलाई बोलाएका थिए। जसमा एक डिभिजन ३ विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ फुटबलसहित मच्छिन्द्र क्लब र एनआरटीको उपस्थिति थियो।
त्यसैले थप छलफलका लागि मन्त्री गुप्ताले आज क्लबहरुलाई बोलाउने हिजो कै बैठकमा जानकारी दिएका थिए। बैठकमा २ बजे सुरु हुने बताइएको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]