4 weeks ago
November 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन क्लबले सरकारसँग होम र ट्रेनिङ ग्राउन्ड उपलब्ध गराइदिएको खण्डमा आफूहरु लिग खेल्न तयार रहेको बताएका छन्।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले बोलाएको बैठकमा आज क्लबहरुले यस्तो माग राखेका छन् । सहभागी सबैले आ आफ्नो भनाई राखेपछि मन्त्री गुप्ताले सिमित साधन श्रोत भएकाले सम्झौता गरेर लिग गर्नु पर्ने बताए ।
उनले सरकारले के गर्दियो भने तपाईंहरु खेल्न तयार भनेर प्रश्न गरेका थिए। हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सरकारले लिजमा होम र ट्रेनिङ उपलब्ध गराउन माग गर्दा सबै त्यसमा समर्थन गरेका थिए। मन्त्री गुप्ताले दोहोराएर सबैको भनाई त्यहि भनेर सोध्दा सोही जवाफ दोहोरिएका थिए।
मन्त्रीले मन्त्रालयमा छलफल गरेर पुनः क्लबहरुलाई बोलाउने जानकारी दिदैं छलफल अन्त्य गरेका थिए।
सहभागी अधिकांशले लिग नहुनुमा एन्फालाई दोष दिएका थिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजोको छलफलमा १ सय २० दिनभित्र ‘ए’ डिभिजन लिग सुरु गर्न सकिने बताएपछि त्यसैका विषयमा थप छलफल र सहमतिको प्रयासका लागि मन्त्री गुप्ताले ए डिभिजनका १४ क्लबका प्रतिनिधिलाई डाकेका थिए । आज बैठकमा ए डिभिजनका अंधिकाश क्लबका प्रतिनिधिको उपस्थिति थियो।
एन्फा पूर्व अध्यक्ष समेत रहेका शेर्पाले लिगको मिति तोक्नु ठूलो कुरा नभएको जनाउँदै क्लब लाइसेन्सको प्रकिया पूरा गरेर मात्र लिग गर्नु औचित्यपूर्ण हुने बताएका थिए। उनले लाइसेन्स प्राप्त गर्ने प्रक्रिया मन्त्रीलाई जानकारी गरेका थिए। अधिकांश क्लबले शेर्पाको भनाईमा सहमति जनाएका थिए।
मन्त्री गुप्ताले हिजो लिगका सरोकारवाला एन्फा, ए डिभिजन क्लब र नेपाल फुटबल खेलाडी संघका प्रतिनिधिलाई बोलाएका थिए। जसमा एक डिभिजन ३ विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ फुटबलसहित मच्छिन्द्र क्लब र एनआरटीको उपस्थिति थियो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]