1 month ago
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच आज ढाकामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ।
खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।पछिल्लो ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन। त्यो निराशाजनक नतिजालाई उल्टाउँदै जितको खोजीमा नेपाली टोली रहनेछ।
नेपालले गत मार्चमा सिंगापुरलाई १-० ले हराएपछि ४ खेलमा हार र २ खेलमा बराबरी नतिजा निकालेको छ। नेपाल भियतनामसँग २ पटक तथा मलेसिया र लाओससँग समान १ पटक पराजित भएको छ। बंगलादेश र हङकङसँगको मैत्रीपूर्ण खेलमा नेपालले गोल रहित बराबरी खेलेको थियो।
त्यसैले पनि नेपाल जितको दबाबमा रहनेछ। पछिल्लो ६ खेलमा नेपालले मात्र ३ गोल गरेको छ। जुन चिन्ताको विषय हो।
अनि यो पटक नेपाली प्रशिक्षक हरि खड्काको नेतृत्वमा रहेको छ। प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि जिम्मेवारी खड्कालाई दिइएको हो। उनले टोलीसँग तयारीका लागि निकै छोटो समय पाएका छन्। तर पनि उत्कृष्ट नतिजाको लागि खेल्ने बताए।
पछिल्लो मैत्रिपूर्ण खेलमा बंगलादेशका प्रमुख खेलाडी हम्जा चौधरी टिममा थिएनन्। यो पटक भने उनी टोलीमा छन्। यस विषयमा सोधिएको प्रश्नमा प्रशिक्षक खड्काले फुटबल टिम गेम हो। हम्जाको उपस्थितिले नआत्तिएको र सोही अनुरुप खेल्न टिम तयार रहेको प्रतिक्रिया दिए।
कप्तान किरण चेम्जोङले पनि टोली तयार रहेको भन्दै बंगलादेशसँगको खेल एएफसी एसियन कप छनोटमा मलेसिया विरुद्धको खेलको लागि तयारीको रुपमा रहेको बताए।
किरणसहित बंगलादेशमा अन्य नेपाली खेलाडीले व्यवसायिक फुटबल खेलिरहेका छन्। जसले गर्दा नेपाललाई केहि सहज हुन सक्छ।
तर यो पटक नेपाली टोली केहि फरक अनुभव सहित बंगलादेश पुगेका छन्। राष्ट्रिय टोलीका केहि सदस्य ए डिभिजन लिगको माग सहित सडकको धर्ना प्रदर्शनमा सामेल थिए। त्यसका बाबजुद उत्कृष्ट खेल खेलेर देशको लागि अझ बढी मिहिनेतका साथ खेल्ने टोली बिदाइमा अनन्त तामाङले बताएका थिए।
नेपालले बंलादेशसँग गत भदौमा नेपालमा मैत्रिपूर्ण खेल खेलेको थियो। सो खेल गोल रहित बराबरीमा सकिएको थियो। दोस्रो खेल भने जेन-जी प्रदर्शनको कारण हुन सकेन।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]