4 weeks ago
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ।
नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे।
बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो।
लगत्तै बंगलादेशका कप्तान जमाल बुयानको पासमा फोएसल फाहिमको प्रहारलाई नेपालका गोल किपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे। ३६ औं मिनेटमा फेरि फाहिमको प्रहारमा किरण बाधक बने। पहिलो हाफमा नेपालले १-० को अग्रता बनायो।
दोस्रो हाफ सुरु भएको ५ मिनेटभित्र बंगलादेशले दुई गोल गर्दै नेपाललाई स्तब्ध बनायो। इङ्लिस च्याम्पियनसिप खेल्ने हम्जाले ४६ औं मिनेटमा सानदार गोल गरे। जमाल बुयानको एसिस्टमा ६ यार्ड बक्स बाहिरबाट हम्जाले हानेको ओभरहेड किक गोलमा परिणत भयो।
खेल १-१ को बराबरीमा पुग्यो। ४८ औं मिनेटमा नेपालका डिफेन्डर सुमन श्रेष्ठले राकिब होसेबलाई बक्सभित्र लडाएपछि रेफ्रीले बंगलादेशलाई पेनाल्टीको दिए । ५० औं मिनेटमा हम्जाले पेनाल्टीमा गोल गरे। बंगलादेशले २-१ को अग्रता बनायो।
७९ औं मिनेटमा हम्जा चोटको कारण सबस्टिच्युट भए। निर्धारित ९० मिनेटको खेलमा बंगलादेशले २-१ को अग्रता बानयो। तर इन्जुरी समयमा नेपालले बराबरी गोल फर्कायो। दिनेश हेन्जनको कर्नरमा डिफेन्डर अनन्त तामाङले क्लोज रेन्जबाट हानेको ब्याक हिल गोलमा परिणत भयो। नेपालले बंगलादेशलाई २-२ को बराबरीमा रोक्यो। आजको खेलमा दिपेश गुरुङ र आदित्य शाक्यले राष्ट्रिय टोलीबाट डेब्यु गरे।
नेपालले बंगलादेशसँग गत भदौमा नेपाल मैत्रिपूर्ण खेल खेलेको थियो। त्यो खेल गोल रहित बराबरीमा सकिएको थियो। दोस्रो खेल भने जेन-जी प्रदर्शनको कारण हुन सकेको थिएन।
नेपालले लगातार सातौं खेलमा पनि जित निकाल्न सकेन। सिंगापुरलाई १-० ले हराएपछि नेपालको यो तेस्रो बराबरी नतिजा हो भने ४ खेलमा हारेको छ। नेपालले मंसिर २ गते मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेल्नेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]