4 weeks ago
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे।
रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई बलियो अवस्थामा पुर्याए । उनले १७ औं र पहिलो हाफको अन्तिम मिनेटमा गोल गरे।
खेलको ६०औँ मिनेटमा रोनाल्डोले डारा ओ’शियाको ढाडमा कुहिनो हानेको भन्दै रेफ्रीले सुरुमा पहेँलो कार्ड देखाए। तर भिएआर निरिक्षणपछि त्यसलाई रातो कार्डमा परिवर्तन गरियो। २ सय २६औँ खेल खेलिरहेका रोनाल्डोका लागि यो पहिलो अन्तर्राष्ट्रिय रातो कार्ड हो।
यदि पोर्चुगलले जितेको भए एक खेल बाँकी रहँदै नै विश्वकपमा स्थान सुनिश्चित हुन्थ्यो । तर प्यारोटको दोहोरो गोलले रोबर्टो मार्टिनेजको टोलीलाई रोकिदियो । यसले आयरल्याण्डको आशा जीवित राखेको छ।
अब आइतबार आर्मेनियासँगको खेलमा रोनाल्डो खेल्ने छैनन् । उनको निलम्बन अवधि भने अनुशासन समितिले तय गर्नेछ। आयरल्याण्डले आइतबार हंगेरीलाई हराउन सके प्ले–अफ स्थान पक्का हुने सम्भावना छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]