default_image

4 weeks ago

November 14, 2025

फुटबल विजेताललाई नगद होइन, बोरा–बोरा अलैँची 

753 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ।

समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको अलैँची टोलीले प्राप्त गर्नेछ।

ताप्लेजुङलाई ‘अलैँचीको राजधानी’ मानिने भएकाले स्थानीय उत्पादनलाई खेलसँग जोडेर प्रचार गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको साँवाले बताए। पुरस्कारका रूपमा दिइने अलैँची यस समय व्यापारीहरू गाउँमै आएर किन्ने भएकाले टोलीले तुरुन्तै बिक्री गर्न सहज हुने आयोजकको भनाइ छ।

मंसिर ७ देखि ११ गतेसम्म फुङफुङदेन झरनाको काखमा हुने प्रतियोगिता केवल फुटबल मात्र होइन, स्थानीय पर्यटन, संस्कृति र कृषि–उत्पादनसँग जोडिएको कार्यक्रमका रुपमा हुँदैछ। प्रसिद्ध फुङफुङदेन झरना हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो प्रतियोगिताले थप आकर्षण ल्याउने अपेक्षा गरिएको छ।

कोषाध्यक्ष सुकबहादुर साँवाका अनुसार आगन्तुक र विशिष्ट अतिथिलाई पनि अलैँचीजन्य उत्पादन विशेषगरी अलैँची चिया मायाको चिनोका रूपमा प्रदान गरिनेछ। ‘अलैँची स्वास्थ्यबद्र्धक पनि भएकाले स्थानीय उपहारमै जोडिएको छ,’ उनले भने।

कोशी प्रदेशका उद्योग तथा कृषी मन्त्री खगेनसिंह हाङ्गामले फुटबल, अलैँची र पर्यटनलाई एकैथरी जोड्ने यो निर्णयप्रति प्रशंसा व्यक्त गर्दै यसको देशभर उदाहरणीय प्रभाव पर्ने धारणा व्यक्त गरेका छन्।

कृषि ज्ञान केन्द्रका अनुसार ताप्लेजुङमा ४ हजार ५ सय हेक्टरमा अलैँची खेती हुन्छ र वार्षिक उत्पादन २ हजार ४ सय मेट्रिकटन पुग्छ। यसैले अलैँचीलाई पुरस्कारमा समावेश गर्नु स्थानीय पहिचान, किसानको मेहनत र आर्थिक गतिविधिलाई समर्थन गर्ने प्रयास मानिएको छ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.