4 weeks ago
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा
बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् ।
दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ फराकिलो अन्तरले हरायो।
नव जागृतीका लागि सुजन डंगोलले ह्याट्रिकक गरे। उनले ५१ औं, ५६ औं र ६० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। नवजागृतीका लागि अविनाश स्याङ्तनले ५१ औं र कृपकन्त महतो थारुले इन्जुरी समयमा गोल गरे । एक गोल आत्मघाती भयो।
हैरान्सका विजय दोङले ४० औं मिनेटमा र सामुयल सुनारले ६२ औं मिनेटमा गोल गरे। नव जागृतीका लागि ह्याट्रिक गर्ने सुजन डंगोल प्लेयर अफ दि म्याच घोषित भए।
दोस्रो खेलमा कार्केविहारले उदयपुरको गाईघाट फुटबल क्लबलाई ५-३ गोलले हरायो। कार्के विहारका लागि अनिष घर्ती घर्ती क्षेत्रीले ह्याट्रिक क गरे। उनले खेलको ६९, ८९ र ९१ औं मिनेटमा गोल गरे। यस्तै अनिष चापागाईंले १७ औं र गणेश पुलामीले ५३ औं मिनेटमा गोल गरे।
गाईघाटका लागि दिवसले १४ औं, पविन राईले २९ औं मिनेटमा र ८१ औं मिनेटमा गोल गरे। गाईघाटका गणेश पुलामी प्लेयर अफ दि म्याच घोषित भए।
यस अघि समूह `ए´ बाट कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भइसकेको छ।
सेमिफाइनल कात्तिक ३० गते र फाइनल मंसिर २ गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]