default_image

4 weeks ago

November 16, 2025

ब्राजिलको जित

1014 views

0 Bookmark

एजेन्सी – मैत्रीपूर्ण खेलमा ब्राजिलले सेनेगललाई २-० ले पराजित गरेको छ। शनिवार लण्डनको एमिरेट्स स्टेडियममा भएको खेलमा दुवै गोल पहिलो हाफमै भएको थियो।

ब्राजिलका लागि पहिलो गोल २८औँ मिनेटमा एस्टेवाओले गरे। कासेमिरोको पास डिफ्लेक्ट भएर एस्टेवाओको अगाडि पुगेको थियो । जसलाई उनले गोल‌मा परिणत गरे।

त्यसको ७ मिनेटपछि कासेमिरो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। रोड्रिगोको फ्रि किकबाट आएको बल नियन्त्रणमा लिएर उनले गोल गरेका थिए।

खेलको सुरुवाती १० मिनेटमै ब्राजिलले ४ राम्रो अवसर पाएको थियो । सेनेगलका गोलरक्षक एडुआर्ड मेन्डीले विनिसियस, कुन्हा र कासेमिरोका प्रहार रोकेका थिए।

सेनेगलले पनि केही मौका बनाएको थियो। पहिलो हाफको इन्जुरी समयमा इस्माइला सारको प्रहार एडर्सनले रोकेका थिए। दोस्रो हाफमा इलिमानको प्रहार पोस्ट लागेको थियो।

शनिवार भएको अन्य मैत्रीपूर्ण खेलको नतिजा

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.