3 weeks ago
November 17, 2025
रविन्द्र वाईबा, हेटौंडा
एन्फा प्रेसिडेन्ट लिग-२०२५ को उपाधिको छिनोफानो मंगलवार हुँदैछ। हेटौंडाको गौरीटार रंगशालामा हुने फाइनलमा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी भिड्ने छन्।
दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । मकवानपुर गढीमा आज भएको प्रि-म्याच कन्फ्रेन्समा दुबै टोली प्रशिक्षक र कप्तानले उपाधि जित्ने आशा व्यक्त गरे।
लालीगुराँसका प्रशिक्षक किरण श्रेष्ठले यसअघि पनि चित्लाङसँग भेट भएर जितेको र फेरि जित्ने बताए। चित्लाङले फाइनलमा गर्ने रणनीतिबारे आफूहरुलाई थाहा हुने भन्दै त्यही अनुसार तयारी भइरहेको बताए।
उनले भने खेलाडी मानसिक रुपमट सकारात्मक रहेको बताए। टोलीमा सिनियर र जुनियर खेलाडीको तालमेल पनि मिलिरहेको जनाउँदै अपराजित रहँदै उपाधि लक्ष्य रहेको सुनाए।
लालीगुराँसका कप्तान यम बहादुर श्रेष्ठले टोली बलियो रहेको र उपाधि जित्ने दाबी गरे।
त्यस्तै चित्लाङका प्रशिक्षक सुमन श्रेष्ठले
लिगको लागि छनोट भएपनि अब उपाधि जित्ने गरि मैदान उत्रने बताए।
लालीगुराँसलाई कमजोर टोली नठानेको उल्लेख गर्दै श्रेष्ठले बदला लिने मौका रहेको र उपाधि जित्ने दाबी गरे। टोलीमा अनुभवी खेलाडी रहेकाले पनि फाइनल जित्न सक्ने उनको विश्वास देखिन्थ्यो।
चित्लाङका कप्तान कुलदिप कार्कीले मिहेनतले फाइनलमा पुगेको र फाइनलमा थप मिहेनत गर्ने बताए।
समूह चरणमा कात्तिक २५ लालीगुराँसले चित्लाङलाई ३-० गोलले हराएको थियो । समूह `ए´बाट लालीगुराँस विजेता र चित्लाङ उपविजेताका सेमिफाइनल पुगेका थिए।
फाइनल मंगलवार दिउँसो २ बजे सुरु हुने। विजेता टोली उपाधिसहित १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]