3 weeks ago
November 18, 2025
एजेन्सी – जर्मनीले स्लोभाकियालाई ६-० ले पराजित गर्दै समूह एको विजेता बन्दै २०२६ विश्वकपका लागि छनोट भएको छ ।
निक वोल्टेमाडेले खेलको सुरुमै हेडमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। त्यसपछि सेर्ज ग्नाब्री, लेरोय सानेले २ गोल गरेपछि जर्मनीले पहिलो हाफमा ४-० अगाडि रह्यो ।
दोस्रो हाफमा रिड्ले बाकु र असान उएद्राओगोले गोल गरेपछि जर्मनीले ६-० जित दर्ता गरायो । उएद्राओगोले त आफ्नो अन्तर्राष्ट्रिय डेब्यु गरेको दुई मिनेटमै गोल गरेका थिए।
स्लोभाकियाले एक पटक बराबरी गर्ने राम्रो मौका पाएको भए पनि जर्मनीका गोलकिपर ओलिभर बाउमानले बचाए। स्लोभाकियाले अब प्ले–अफमार्फत विश्वकपमा पुग्ने आशा कायम राख्नेछ।


नेदरल्याण्ड्स छनोट
नेदरल्याण्ड्स अर्को वर्ष हुने फिफा विश्वकपका लागि छनोट भएको छ। लिथुआनियालाई ४-० ले हराएसँगै नेदरल्याण्ड्सले विश्वकपमा स्थान पक्का गरेको हो।
अपराजित रहेका नेदरल्याण्ड्स अन्तिम खेलअघि पोल्यान्डभन्दा ३ अंक अगाडि थियो। साथै १३ गोलले राम्रो गोल अन्तर बनाएर लगभग विश्वकप निश्चित भइसकेको थियो।

यो खेलमा नेदरल्याण्ड्सका सबै चार गोल प्रिमियर लिग खेलाडीले गरे। टिज्जानी रेजिन्डर्सले १६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए।
कोडी गाक्पोले ५८ औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरे। जबी सिमोन्सले ६० औं मिनेटमा टोलीको लागि तेस्रो गोल गरे। डोनेल मालेनले एकल प्रयासमा ६२ औं मिनेटमा गोल गर्दै अन्तर बढाए।
समूह जीको दोस्रो स्थानमा रहेको पोल्यान्डले माल्टाविरुद्ध ३-२ को अवे जित निकाल्यो । पोल्याण्डले अब प्ले अफ खेल्नुपर्ने छ।


विश्वकप छनोटमा सोमवारको नतिजा


December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]