3 weeks ago
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन कप छनोट चरण पार गर्ने संभावना समाप्त भएको नेपाली पुरुष फुटबल टोलीले आज मलेसियासँग खेल्दैछ। खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ।
दशरथ रंगशालालाई एसियन फुटबल महासंघ (एएफसी) ले अयोग्य ठहर गरेको कारण मलेसियासँगको घरेलु खेल खेल्न नेपाली टोली मलेसिया पुगेको हो। पहिलो लेगमा नेपाल मलेसियासँग २-० पराजित भएको थियो
मलेसियासँगको हार मात्र होइन। नेपालले पछिल्लो ७ खेलमा जित निकाल्न सकेको छैन। नेपालले गत मार्चमा सिंगापुरलाई १-० ले हराएपछि ४ खेलमा हार र ३ खेलमा बराबरी नतिजा निकालेको थियो ।
नेपाल भियतनामसँग २ पटक तथा मलेसिया र लाओससँग १/१ पटक पराजित भएको छ। बंगलादेशसँग २ पटक बराबरीमा र हङकङसँग गोल रहित बराबरी खेलेको थियो। त्यसैले पनि नेपाल जितको दबाबमा रहनेछ।
मलेसियाविरुद्धको यो खेलको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेर मलेसिया पुगेको हो। जहाँ नेपालले २-२ को रोमाञ्चक बराबरी नतिजा निकालेको थियो। सो खेलमा रोहित चन्द र अनन्त तामाङले गोल गरेका थिए।
जारी छनोटमा नेपालले यसअघि खेलेको ४ खेल प्रशिक्षक म्याट रसको प्रशिक्षणमा खेलेको थियो। यो पटक भने हरि खड्काको नेतृत्वमा रहनेछ। प्रशिक्षकको रुपमा उनको यो दोस्रो खेल हो।
आजको खेलमा पनि यसअघि जस्तै फ्रन्टलाइन नेपालको लागि चिन्ताको विषय हो। स्ट्राइकरले आफ्नो जिम्मेवारी निभाउन सकिरहेका छैनन्। बंगलादेश विरूद्धको खेलमा नेपालले २-२ को बराबरी खेल्दा पनि रोहित र अनन्तले गोल गरेका थिए। डिफेन्समा पनि नेपाल सजग हुनुपर्ने देखिएको छ।
मलेसिया १२ अंक सहित समूहको शीर्षस्थानमा रहेको छ। भियतनासँग ९ अंक छ। छनोटबाट बाहिरिसकेका लाओससँग ३ र नेपाल अंकबिहिन छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]