default_image

3 weeks ago

November 19, 2025

टर्कीसँग बराबरीसँगै स्पेन विश्वकपमा छनोट

975 views

0 Bookmark

एजेन्सी – स्पेनले मंगलवार टर्कीसँग २–२ को बराबरी खेले पनि २०२६ फिफा विश्वकपका लागि छनोट भएको छ।

स्पेन समूह ‘इ’ मा पहिलो भएर छनोट चरण समाप्त गर्न सफल भयो। स्पेनले ६ मध्ये ५ खेल जितेको र ती सबै खेलमा क्लिन सिट राखेको थियो।

खेलको चौथो मिनेटमै दानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिएका थिए। तर ४२ औं मिनेटमा डेनीज गुलले टर्कीका लागि बराबरी गोल गरे।

५४ औं सलिह ओज्कानले टर्कीलाई २–१ को अग्रता दिलाए। त्यसपछि ८ मिनेटमै मिकेल ओयार्जाबालले रिबाउन्डबाट गोल गर्दै खेल २–२ बनाए।

समूहको दोस्रो टर्की प्ले अफमार्फत विश्वकप छनोटको लागि प्रयास गर्नुपर्नेछ ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.