3 weeks ago
November 19, 2025
एजेन्सी – स्कटल्याण्डले डेनमार्कलाई रोमाञ्चक खेलमा ४-२ ले हराउँदै १९९८पछि पहिलो पटक विश्वकपमा स्थान पक्का गरेको छ।
१० खेलाडीमा सीमित भएको डेनमार्कले प्ले अफबाट विश्व कपका लागि कोशिस गर्नुपर्नेछ। खेलको तेस्रो मिनेटमै स्कट म्याकटमिनेले शानदार ‘ओभरहेड किक’ गोल गर्दै स्कटल्याण्डलाई अग्रता दिलाए।
त्यसपछि डेनमार्कले खेलमा दबाब बनायो र एन्डी रोबर्टसनको फाउलपछि रास्मुस ह्वाइलुन्डले पेनाल्टीबाट बराबरी गोल गरे।
६० औँ मिनेटपछि डेनमार्कका रास्मुस क्रिस्टेन्सनले दोस्रो पहेंलो कार्ड पाए र बाहिरिए। त्यसपछि लरेन्स शाङ्कल्यान्डले नजिकैबाट गोल गर्दै स्कटल्याण्डलाई २–१ को अग्रता दिलाए।
डेनमार्कले तुरुन्तै प्याट्रिक डोर्गुको गोलले २–२ बनायो। खेल बराबरीमै सकिने जस्तो देखिँदै थियो। तर अन्तिम क्षणमा केइरण टियरनीले टाढाबाट गरेको उत्कृष्ट प्रहारले स्कटल्याण्डलाई ३–२ को जित दिलायो।
त्यसपछि केनी म्याकलेनले हाफ–वे लाइनबाटै अर्को गोल गर्दै स्कटल्याण्डको ऐतिहासिक जित पक्का गरे।
स्पेनले टर्कीसँग २–२ को बराबरी खेले पनि २०२६ फिफा विश्वकपका लागि छनोट भएको छ।
स्पेन समूह ‘इ’ मा पहिलो भएर छनोट चरण समाप्त गर्न सफल भयो। स्पेनले ६ मध्ये ५ खेल जितेको र ती सबै खेलमा क्लिन सिट राखेको थियो।
खेलको चौथो मिनेटमै दानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिएका थिए। तर ४२ औं मिनेटमा डेनीज गुलले टर्कीका लागि बराबरी गोल गरे।
५४ औं सलिह ओज्कानले टर्कीलाई २–१ को अग्रता दिलाए। त्यसपछि ८ मिनेटमै मिकेल ओयार्जाबालले रिबाउन्डबाट गोल गर्दै खेल २–२ बनाए। समूहको दोस्रो टर्की प्ले अफमार्फत विश्वकप छनोटको लागि प्रयास गर्नुपर्नेछ ।
त्यस्तै बेल्जियम, स्विटजरल्यान्ड अस्ट्रिया विश्वकप २०२६ का लागि छनोट भएका छन् ।
बेल्जियमले भने लेचेस्टाइनलाई ७-० ले पराजित गर्यो । योसँगै समूह ‘जे’ मा शीर्ष स्थानमा रहेर विश्व कपमा छनोट भयो । समूह ‘बी’ मा स्विट्जरल्यान्डले कोसोभोसँग १–१ को बराबरी खेल्दै समूह विजेता बन्यो ।
यस्तै अस्ट्रियाले समूह ‘एच’ मा बोस्निया एन्ड हर्जगोभिनासँग १–१ को बराबरी खेले पनि छनोट भयो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]