3 weeks ago
November 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी खेलाडी संघपछि डिभिजन क्लबहरुले पनि आज अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध प्रदर्शन गर्ने भएका छन्।
एन्फाले ए डिभिजन लिगका विषयमा छलफल गर्न आज १४ क्लबलाई डाकेको छ । बैठकअघि ए, बि र सि डिभिजनका क्लबले ३ बुँदे एन्जेन्डासहित धर्ना प्रदर्शन गर्ने बताइएको छ।
लिगका सबै प्रतियोगिता समयमै गर्न दबाब दिन, ए डिभिजन क्लबहरूसंगको सम्झौता कार्यान्वयन गर्न र
अन्तराष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता संचालन गर्न भन्ने ३ बुँदे मागसहित क्लबहरुले प्रदर्शन गर्ने लागेका हुन्।
ए,बी र सी डिभिजनका क्लबले एन्फा विरुद्ध प्रदर्शनको तयारी गरेको ए डिभिजन टोली हिमालय शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । प्रदर्शन बिहान ९ बजे सुरु गर्ने बताइएको छ।
‘अलग अलग वर्षमा होइन एकै वर्षमा ए, बी र सी डिभिजनका लिग हुनुपर्छ भन्ने हाम्रो माग रहन्छ, एन्फाका पूर्व अध्यक्ष समेत रहेका शेर्पाले भने,’ प्रर्दशनसँग एन्फाले बोलाएको बैठकमा पनि बस्छौं। बाँकी क्लबका साथीहरुले धर्नालाई जारी राख्नु हुनेछ।’ ए,बी र सी डिभिजनमा समान १४ क्लब छन्।
एन्फा र क्लबबीच कात्तिक १७ गते पुसमा राष्ट्रिय लिग गर्ने र ए डिभिजन लिग अर्को वर्ष मात्र गर्ने सहमति भएपछि खेलाडी संघ एन्फा विरुद्ध आन्दोलित भएको थियो। खेलाडी संघले भने यहि वर्ष ए डिभिजन लिग हुनु पर्ने माग राख्दै धर्ना गरेको थियो।
त्यसपछि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले फुटबलका सरोकारवालासँग सामूहिक र अलग अलग छलफल चलाएका थिए। एन्फाले क्लबहरु तयार भए १ सय २० दिनमा ए डिभिजन लिग सुरु गर्ने सक्ने बताएको थियो।
ए डिभिजन क्लबहुरुले मन्त्री गुप्ता सँग होम र ट्रेनिङ ग्राउन्ड उपलब्ध गराएमा लिग खेल्न सकिने बताएको थियो। त्यसपछि एन्फाले पुनः ए डिभिजनबा बारेमा छलफल गर्न आज ए डिभिजन क्लबलाई बैठकमा बोलाएको हो।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]