default_image

3 weeks ago

November 23, 2025

न्युक्यासलसँग सिटीको‌ हार

602 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शनिवार स्तब्ध भएको छ।

हार्भी बार्न्सको उत्कृष्ट प्रदर्शनमा न्युक्यासल युनाइटेडले सिटीलाई २-१ ले हराएको छ। बार्न्सको दुई गोलकै कारण सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दूरी घटाउने मौका गुमाएको छ।

सेंट जेम्स पार्कमा भएको खेलमा दुवै टोलीले पहिलो हाफमा केही मौका गुमाए। ६३ औं मिनेटमा बार्न्सले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाए।

सिटीका रुबेन डायसले ६८ औं बराबरी गोल गरे। त्यसको दुई मिनेटपछि नै बार्न्सले अर्को गोल गर्दै न्युक्यासललाई जित दिलाए।

यो जितसँगै न्यूक्यासल १४औँ स्थानमा उक्लियो । सिटी तेस्रो स्थानमै रह्यो। त्यसअघि शनिवार लिभरपुल‌ नटिङघम फरेस्टसँग ३-० ले पराजित भएको थियो। चेल्सीले बर्नलीलाई २-० ले हराउँदै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

प्रिमियर लिग अंक तालिकाको शीर्ष १५ मा रहेका टोली

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.