default_image

3 weeks ago

November 23, 2025

घरेलु फुटबल अनिर्णयको वन्दी कहिले सम्म?

529 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अनेकौं चरण र पक्षसँगको छलफलपछि पनि नेपालको घरेलु फुटबल त्यसमा सहिद स्मारक ए डिभिजन लिग अनिर्णयको वन्दी बन्दै आएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबले राष्ट्रिय लिग पुसमा गर्ने र ए डिभिजन लिग अर्को वर्ष गर्ने संयुक्त निर्णयलाई नेपाल फुटबल खेलाडी संघले विरोध गरेसँगै फुटबलको अन्यौलता थप बढेको छ।

फुटबल खेलाडी संघले यहि वर्ष नै ए डिभिजन लिग हुनु पर्ने माग गर्दै एन्फाविरुद्ध धर्ना प्रदर्शन गरेको थियो। ए डिभिजन लिग पछिल्लो पटक सकिएको आज ८ सय ९६ दिन भइसकेको छ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पनि यो वर्ष नै ए डिभिजन लिग गर्नु पर्ने एन्फालाई निर्देशन दिएका थिए। एन्फाले आफू १ सय २० दिनमा लिग सुरु गर्न सक्ने प्रतिवद्धता पनि व्यक्त गरेको थियो।

ए डिभिजन क्लबहरुले भने मन्त्री गुप्तालाई होम र ट्रेनिङ ग्राउन्ड भएमा तयारीको केहि समय लिएर ए डिभिजन लिग खेल्न सक्ने बताएका थिए।

त्यसपछि एन्फा र ए डिभिजन क्लबबीच बिहीवार छलफल भएको थियो। बैठकमा कुनै सहमति नभएपछि आजका लागि एन्फा, क्लब र खेलाडी संघबीच त्रिपक्षीय छलफल हुँदैछ। विगतको छलफललाई आधार मान्ने हो भने आज पनि निष्कर्ष आउने देखिदैन।

राष्ट्रिय लिग तथा शहिद स्मारक ‘ए’ डिभिजन लिग सम्बन्धि महत्वपूर्ण विषयहरुमा छलफल गर्नु पर्ने भएकोले भन्दै एन्फाले आज बिहान ११:३० बजेका लागि बैठक डाकेको छ।

क्लबहरु ए डिभिजन लिग खेल्ने भन्दा पनि शर्त राख्ने र एन्फाले ठोस प्रस्ताव विना छलफलमा बस्दै आएको छ। ए डिभिजन लिगले बिहीवार एन्फासँग छलफलमा बस्नुअघि बी र सी डिभिजनसँग संयुक्त रुपमा एन्फा विरुद्ध प्रदर्शन गरेको थियो। उनीहरुले सबै डिभिजन लिग सन्चालन हुनुपर्ने माग राखेका छन्।

खेलाडी संघले एन्फासँग आजको बैठकको प्रत्यक्ष प्रसारणको माग राखेको छ। आफ्नो सहित सरोकारवालाको भूमिकाबारे पनि स्पष्ट र पारदर्शी जानकारी दिन प्रत्यक्ष प्रसारण हुनुपर्ने फुटबल खेलाडी संघले जनाएको छ। यसअघि एन्फाले छलफल प्रत्यक्ष प्रसारण गर्न एन्फाले नमानेपछि खेलाडी संघले बहिष्कार गरेको थियो।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.