2 weeks ago
November 24, 2025
एजेन्सी – एबेरेची इजको शानदार ह्याट्रिकसँगै आर्सनलले आइतवार उत्तर लन्डन डर्बीमा टोटनहमलाई ४–१ ले हराएको छ ।
योसँगै प्रिमियर लिगको शीर्ष स्थानमा आर्सनलले ६ अंकको अग्रता बनाएको छ।
अगस्टमा क्रिस्टल प्यालेसबाट आर्सनलमा आएका इजले पहिलो हाफको अन्त्य र दोस्रो हाफको सुरुवातमा गोल गरे।
त्यसअघि ३६ औं मिनेटमा लेयान्ड्रो ट्रोसार्डले मिकेल मेरिनोको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए।
टोटनहमका लागि ५५ औँ मिनेटमा रिचार्लिसनले करिब ४० यार्डबाट उत्कृष्ट गोल गरे।
तर इजले ७६ औं मिनेटमा अर्को गोल गर्दै आफ्नो पहिलो प्रिमियर लिग ह्याट्रिक पूरा गरे।
जितसँगै आर्सनलको १२ खेलमा २९ अंक छ । आर्सनल भन्दा चेल्सी ६ र म्यानचेस्टर सिटी ७ अंकले पछि छ । टोटनहम नवौँ स्थानमा झरेको छ।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]